Bisal Chautari Logo

प्रीति भइन्, मिस मंगोल नेपाल– २०१६

- ९ आश्विन २०७३, आईतवार १३:५७ मा प्रकाशित


Priti Gurung miss mongol nepal 2016 winner
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ असोज ९ आइतबार । २४ युवतीलाई पछी पर्दै मिस मंगोल नेपाल २०१६ को ताज काठमाडौं निवासी प्रीति गुरुङले जितेकी छिन् । स्नातक अध्ययनरत पाँच फिट चार इञ्च अग्लि प्रीतिले उपाधिसँगै एक लाख रुपैयाँ पुरस्कार पनि हात पारेकी छन । उनले मिस पब्लिक च्वाइसको उपाधी पनि आफ्नो पक्षमा पार्न सफल भइन ।
priti-gurung-miss-mongol-nepal-2016-winner-2एक्सन इन्टरटेनमेन्टको आयोजनामा भएको मिस मंगोल नेपाल २०१६ को प्रतियोगीतामा २५ युवती अन्तिम प्रतिष्पर्धामा उत्रिएका थिए । जसमा धनकुटाकी बरुना राई र दैलेखकी योजना थापामगर क्रमस फस्ट रनरअप घोसित भए । योजनाले मिस ट्यालेन्टको उपाधी पनि हात पारिन ।
priti-gurung-miss-mongol-nepal-2016-winnerसिंगापुर इन्टरप्राइजेजको शिर्ष प्रायोजनामा भएको प्रतियोगीतामा रोजिन शाक्यको कोरियोग्राफीमा भएको प्रतियोगीतमा ताप्लेजुङकी रुपा आङबुहाङले मिस फ्रेन्डसिप र मिस फोटोजेनिक, झापाकी नविना कुलुङले मिस पङचुअल, बागलुङकी खुसी मगरले मिस लिडरसिप, ताप्लेजुङकी मञ्जु लिम्बुले मिस बेस्ट हेयर, काठमाडौंकी डायना बान्तवा राईले मिस बेस्ट स्किन र स्याङजाकी कोपिला गाहाले मिस डिस्सिप्लिनको उपाधी हात पार्न सफल भए ।
priti-gurung-miss-mongol-nepal-2016-winner-1प्रतियोगीतामा द हाइलेन्ड आर्टको तर्फबाट फेसन डिजाइनर कल्पना योङहाङले तयार गरेको ढाकाको साडी, सिंगापुर एअरलाइन्सको पोसाक निकै आकर्षण बनेको थियो । प्रतियोगीतामा पुर्वमिस नेपाल सुविन लिम्बु, अभिनेता कृष्ण मल्ल, हेयर स्टाइलिस्ट निलडेभिड कटवाल, शिक्षासेवी यम पुन,संगीतकार शान्तिराम राई, पुर्वमिस मंगोल नेपाल बर्षारानी गुरुङ, मनिका राई र बासुदेव दाहाल निर्णायकका रुपमा रहेका थिए । कार्यक्रममा राजेशपायल राई, सुसन सामसोहाङको गीत, जोफेन लामा, लक्ष्मी योङहाङलगायतको नृत्यले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएको थियो ।

प्रतिक्रिया