Bisal Chautari Logo

‘वीर विक्रम’को अडियो सार्वजनिक || चलचित्रको बारेमा दयाहाङले के भने ? (फोटो तथा भिडियो सहित)

- ६ श्रावण २०७३, बिहीबार १८:४२ मा प्रकाशित


Dayahang Rai movie Bir Bikram movie audio launch
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन ६ बिहिबार । वर्ष २०७३मा दर्शकहरुको अत्याधिक प्रतिक्षामा रहेको भाद्र ३ गतेबाट रिलिज हुने चलचित्र ‘वीर विक्रम’को अडियो सार्वजनिक भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको निर्माणपक्षले अडियोसँगै चलचित्रको गीत र ट्रेलर पनि सार्वजनिक गरेको हो ।
milan chams movie Bir Bikram movie audio launchचलचित्रको अडियोलाई चलचित्र विकाश बोर्ड अध्यक्ष राजकुमार राई, चर्चित गायक राजेश पायल राई, निर्देशक मिलन चाम्स, कलाकारहरु दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, नाजिर हुसेन, कोरियोग्राफर रेनशा राइ लगायतले विमोचन गरेका थिए ।
Dayahang Rai movie Bir Bikram movie audio launchमिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्रमा ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । चलचित्रमा ३ वटा गीत समावेश छ । ‘नजिक हुदैछु’ बोलको गीतको भिडियो आज पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । चलचित्रको ‘सारे सारे’ बोलको गीत युट्यूबमा सार्वजनिक भएसगै हिट भएको छ ।
Dayahang Rai, rajesh payal rai, rajkumar rai and milan chams movie Bir Bikram movie audio launchचलचित्र ‘वीर विक्रम’को ट्रेलर सार्वजनिक भएसँगै धेरेले दयाहाङ राई अभिनित अर्को चलचित्र ‘कबड्डी’ फ्लेभर देखिएको र धेरै दृश्य डिट्टो मिलेको भनेर ट्रेलरको आलोचना गरे । यही विषयमा बोल्दै दुबै चलचित्रका लिड रोलमा रहेका दयाहाङ राईले सबैजसो चलचित्रमा लभस्टोरी जोडिने र त्यसैको निरन्तरता ‘वीर विक्रम’मा पनि भएको भन्दै चलचित्रको प्रस्तुतीकरण भिट्टै रहेको दाबी गरे । बाहिर आएको हल्ला सत्य होईन, यो सबैकुरा चलचित्र रिलिज पछि थाहा हुनेछ’, अभिनेता दयाहाङले बताए ।
rajkumar rai movie Bir Bikram movie audio launchकार्यक्रममा प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले नेपाली चलचित्रमा नया सोचको खाचो रहेको औल्याए । निर्देशक मिलन चाम्सले आफू सधै नै फरक शैलीको सोच राखेर फिल्म बनाउने भन्दै ‘वीर विक्रम’ अर्गा्निक भएको बताए ।
Dayahang Rai and milan chams movie Bir Bikram movie audio launchअभिनेता अनुप विक्रम शाहीले दर्शकले चलचित्र हेरेपछि आफ्नो भूमिकामा मनोरञ्जन लिने बताए । अर्का अभिनेता अर्पण थापाले चलचित्रका आफू हास्य कलाकारको रुपमा प्रस्तुत भएको र यो दर्शकका लागि नयाा स्वाद हुने बताए । कलाकार नाजिर हुसेनले चलचित्रमा आफूले पाएको भूमिकालाई न्याय गरेको बताए ।
Dayahang Rai, Anup Bikram Shahi, Milan Chams, Renasha Rai   movie Bir Bikram movie audio launchयसअगाडि ‘हासिया’ चलचित्र बनाएर चर्चामा रहेका मिलनले बनाएको दोश्रो फिल्म ’वीर विक्रम’ले हङकङ र यूकेबाट राम्रो प्रतिक्रिया पाइसकेको छ । रेनशा राइको कोरियोग्राफी रहेको चलचित्रमा यम थापाको लेखन छ ।

Dayahang Rai movie Bir Bikram movie audio launch-1

movie Bir Bikram movie audio launch

Bir Bikram movie audio launch

yubi thaha and renasha rai movie Bir Bikram movie audio launch

Dayahang Rai and renasha rai movie Bir Bikram movie audio launch

प्रतिक्रिया