Bisal Chautari Logo

‘जय पर्शुराम’ को रिलिज हुने गीतको कन्सेप्ट ‘प्रेम गीत’ बाट प्रभावित (तस्बिर हेर्नुहोस्)

- ३ असार २०७३, शुक्रबार ०५:२१ मा प्रकाशित


Prem geet movie affected Jai Parshuram concept of the song
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ ३ शुक्रबार । चलचित्र ‘प्रेम गीत’ को चर्चित गीत ‘म यस्तो गीत गाउछु’ बोलको गीत नसुन्ने कमै होलान् । यो गीतको भिडियो हेर्ने दर्शकको मानसपटलमा कलाकार, लोकशन र पहिरण ताजै हुनुपर्दछ । यही चर्चित गीतको उत्कृष्ट भिडियोसँग प्रभावित भएर अर्को एउटा नेपाली चलचित्रको सार्वजनिक हुन लागेको गीतको भिडियो तयार भएको छ ।
Prem geet movie affected Jai Parshuram concept of the songअभिनेत्री निशा अधिकारीले आफ्नो फेसबुकमा सार्वजनिक गरेको ‘जय पर्शुराम’ को गीतको तस्बिर भने ‘म यस्तो गीत गाउछु’ को एक दृश्यसाग दुरुस्तै मिल्न गएको देखिन्छ । अभिनेता विराज भट्टको कम ब्याक रहेको चलचित्र ‘जय पर्शुराम’को एउटा गीतको कन्सेप्ट, लोकेशन र पहिरण ‘प्रेम गीत’ फिल्मको ‘म यस्तो गीत गाउछु’ को जस्तै छ । ‘जय पर्शुराम’ को सार्वजनिक एक तस्बिरमा जंगलको बिचमा राखिएको पियानो, नायिकाले लगाएको सेता रङ्गको गाउन लगायत यावत वस्तुहरु उस्तै छन् । चलचित्र ‘प्रेम गीत’मा अभिनेत्री पुजा शर्माले लगाएको पहिरण चलचित्र ‘जय पर्शुराम’मा अभिनेत्री निशा अधिकारीले लगाएको जस्तो देखिन्छ ।

Prem geet movie affected Jai Parshuram concept of the song (1)

‘जय पर्शुराम’ का कोरियोग्राफर रामजी लामिछाने हुन् भने ‘प्रेम गीत’की कोरियोग्राफर रेनशा वान्तवा राई हुन् । लामिछानेको कन्सेप्ट राईको कन्सेप्टसँग संयोगवश मिल्न गएको हो या उनले जानाजान राईको कन्सेप्टलाई पुन: प्रयोग गर्न खोजेका हुन् ? त्यो उनै जानुन् । ‘जय पर्शुराम’को पुरै गीति भिडियो सार्वजनिक छैन । बाकी कत्तिको मिल्न गएको छ, त्यो भिडियो सार्वजनिक भएपछि नै पत्ता लाग्नेछ ।

Prem geet movie affected Jai Parshuram concept of the song (2)

प्रतिक्रिया