Bisal Chautari Logo

कुसल थलङले कस्लाई भन्दैछन्, ‘सरन माया यता अलिकति’ ? (भिडियोसहित)

- ७ जेष्ठ २०७३, शुक्रबार ०९:२९ मा प्रकाशित


KUSAL THALANG LIMBU song SARANA MAYA
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ ७ शुक्रबार । हालैमात्र अभिनेत्री करिश्मा मानन्धरसाग ‘आइदेउ तिमी…’ भन्दै टेलिभिजनको स्क्रीनमा देखिएका गायक कुसल थलङ लिम्बूले आफ्नो सिंगल ट्रयाकको भिडियो सार्वजनिक गरेका छन् ।
KUSAL THALANG LIMBU song SARANA MAYAपछिल्लो समय गायनसागै मोडलका रुपमा समेत चर्चा बटुलिरहेको कुसलले ‘सरन माया यता अलिकति…’ बोलको आफ्नो लोकआधुनिक गीतको भिडियोलाई विभिन्न टेलिभिजन च्यानल तथा यु–ट्युबमार्फत सार्वजनिक गरेका हुन् । एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका कुसलले यो पछिल्लो आफ्नो भिडियोमा भने अभिनेत्री रिमा विश्वकर्मा र मधुलाई अभिनय गराएका छन् ।
दिपेन्द्र केसीले निर्देशन गरेको यस भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । राजबाबु श्रेष्ठको शब्दरचना तथा राजनराज सिवाकोटीद्वारा संगीतबद्ध ‘सरन माया…’लाई कुसलले आफ्ना अघिल्ला गीतहरुभन्दा फरक स्वादमा गाएका छन् । श्रोता तथा दर्शकले यस गीतमा फरक स्वाद पाउाने उनले बताए ।
दुई सयभन्दा बढी गीतमा स्वर दिइसकेका कुसलको ‘सिन्दुर भर्नु एउटा कुरा’, ‘ऋतु राम्रो बसन्तले’, तिम्रो रुपभन्दा पर’जस्ता गीत चर्चित छन् । गायनसागै मोडलिङमा व्यस्त हुादै आएका कुसल भन्छन्, ‘म गायक नै हुा, मोडलिङ रुचि मात्र हो ।’ उनले अभिनयलाई कठिन विधासमेत बताए ।

SARANA MAYA || सरन माया || KUSAL THALANG LIMBU- New Nepali Adhunik Song 2016

Sarana Maya
beautiful melodious adhunik song by Kusal Thalang Limbu and beautiful music video.
Singer- Kusal Thalang Limbu
Music- Rajan Raj Shiwakoti
Lyrics- Raju Babu Shrestha
Arrange- Rajan Ishan
Featuring- Reema and Madhu
Camera- Gyanandra Sharma
Edit- Suprim Parajuli
Director- Dipendra Kc
Audion on – Da’ Royal Creation

प्रतिक्रिया