Bisal Chautari Logo

धरानमा नयाँ ब्याण्ड मेम्बरसहित १९७४ एडीको लाइभ कन्सर्ट हुदै

- ३० बैशाख २०७३, बिहीबार ०८:१४ मा प्रकाशित


1974 AD dharan live concert 2016
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख ३० बिहिबार । लामो समय पछि धरानमा सिल्भर इन्टरटेन्मेंट र हाइट इभेन्टको आयोजना तथा रुस्लान भोड्काको सहकार्यमा भब्य सांगीतिक कार्यकर्म फुल भोलुम–लाइभ कन्सर्ट इन धरानको आयोजना हुदैछ ।
1974 AD dharan live concert 2016चर्चित सांगीतिक समूह ‘१९७४ ए डी’ आफ्नो नया ब्याण्ड मेम्बर सहित पहिलो पल्ट धरानको भब्य स्टेजमा आगामी जेष्ठ ७ गते शुक्रबार सााझ धरान स्थित पब्लिक खेल मैदानमा आफ्ना नया पुराना गीतहरु सहित धरान तथा पूर्वेली दर्शकहरु माझ छाउनेछन् ।
१९७४ ए डीले यो मन त मेरो नेपाली , सम्बोधन , रातो र चन्ऽ सुर्य , पहिलो जुनीमा, गुरांसै फुल्यो , परेलीमा , सम्झी बस्छु , जति माया , बिस्तारै बिस्तारै लगायतका दर्जनौ गीत हरु प्रस्तुत गर्नेछन ।
१९७४ ए डी मा निराकार याक्थुम्बा ,मनोज केसी ,संजय श्रेष्ठ ,सुभास जंग पाण्डे ,प्रतिक बानिया संगै रोहित जोन छेत्रि, प्रज्ज्वल मुखिया रहेका छन ।
त्यस्तै सोहि कार्यकर्ममा धरानको चर्चित ब्याण्ड जेलर्स को मुख्य भोकलिस्ट मनोज मोते आफ्नो नया ब्याण्ड वाल्किंग क्लाउड सहित आफ्ना नया ( पुराना गीतहरु टाढा जाने, हाम्रो जीवन, कसरि बिर्सु, छपनि ले छान लगायतका आफ्ना अन्य गीतहरु गाउने छन् ।
जेष्ठ ७ गते को सांझलाई संगीतमय बनाउन हरेक कोण बाट भब्य बनाउन लागिपरेको संयोजक हिमाल गुरुंगले बताए । धरानको कन्सर्ट पछि अन्य सहरमा पनि कार्यकर्म आयोजना गर्ने गुरुंगले बताए ।
रु १०० टिकट दर रहेको कन्सर्टको टिकट एस एल सी र प्लस २ का बिध्यार्थीहरुले अग्रिम लिंदा पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
कार्यकर्मलाई सफल पार्न लाहुरे भर्ती तालिम केन्द्र (धरान ) , डियर कल्ब अफ तरहरा , होटल एसोसिएसन भेडेटारले पनि सहयोग गरेको छ ।

प्रतिक्रिया