Rewat Rai song Chaar Dhaam song ft Nita Dhungana
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख २९ आइतबार । पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रमा चर्चामा आइरहेका गायक रेवत राई र मोडल अनुप यङचार राई चारधाम घुम्न गएकी अभिनेत्री नीता ढुंगानाको पछि लागेका छन् ।
तर यो कहानी रियलमा नभइ दिनेश डिसीद्धरा निर्देशित तथा गायक रेवतको एक गीतको म्युजिक भिडियोको कहानी हो । रेवतले ‘चारधाम’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । डेब्यु एल्बम ‘इमर्ज’मा रहेको गीतमा वीरेन्द्र राईको शब्द र सुरेश अधिकारीको संगीत छ ।
यस म्यजिक भिडियोमा स्वयम गायक रेवतका साथमा नीता ढुंगाना, अनुप यङचार राई र माधव पण्डितको अभिनय छ । दिनेश डिसीले निर्देशन गरेको भिडियोमा मानकृष्ण महर्जनको छायांकन र नहकुल केडीकेको सम्पादन छ ।
विभिन्न गायन प्रतिस्पर्धाबाट विनर हुदै गायनमा छिरेका रेवत राई पछिल्लो समय देश विदेशका विभिन्न कार्यक्रममा सांगीतिक प्रस्तुति दिदै आइरहेका छन् ।
Lyrics : Birendra Rai
Compose : Suresh Adhikari
Vocal : Rewat Rai
Arrange : Rajan Ishan
Album : Emerge
Actor : Nita Dhungana, Anup Youngchar Rai & Madhav Pandit
Camera : Man Krishna Maharjan
Edit : Nahakul KDK
Director : Dinesh DC
प्रतिक्रिया