Bisal Chautari Logo

चलचित्र ‘एक्सन’मा जेनिशा लभरगर्ल

- १९ बैशाख २०७३, आईतवार ११:४४ मा प्रकाशित


Jenisha KC and Shiva Shrestha ACTION Nepali Movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख २० आइतबार । केही वर्ष अगाडी चलचित्र क्षेत्रमा निकै ब्यास्त अभिनेत्री जेनिशा केसी चलचित्र ‘एक्सन’मा लभरगर्लको भुमिकामा देख्न सकिने बताएकी छिन् ।
Jenisha KC and Shiva Shrestha ACTION Nepali Movieचलचित्र ‘एक्सन’को पत्रकार भेटभाट कार्यक्रममा बोल्दै आफुलाई एक्सन गर्लको रुपमा नभएर लभर गर्लको भुमिकामा देख्न सकिने बताइन् । उनी चलचित्रका पर्दामा देखिन छाडेको भन्ने पत्रकारको जिज्ञासामा जेनिशाले आफू चुजी भएर चलचित्र खेल्न कम गरेको प्रतिकृया दिइन् । उनले पछिल्लो समय अभिनय गरेर चर्चा पाएको सिनेमा ‘आधी बाटो’ थियो । अहिले उनी निर्देशक तथा निर्माताको नजरमा खासै पर्न सकेकी छैनन् ।
देशको परिवर्तनको लागि अबको समयमा देशका हरेक युवा तथा नागरिकहरु सकारात्मक मिशन र एक्सन लिएर राष्ट्र निर्माणको लागि उभिनुपर्छ भन्ने मिशन बोकेको फिल्म ’एक्सन’ आगामी जेठ गते देखि प्रदर्शनमा आउने भएको छ ।
राजु अर्यालको कथा तथा निर्देशनमा बनेको ’एक्सन’मा शिव श्रेष्ठ, प्रमोद दिप, जेनिशा केसीको मुख्य भूमिका रहेको छ । चलचित्रका निर्देशक राजु अर्यालले एक्सन फिल्म भएकाले दर्शक पनि एक्सन हेर्नकै लागि हलमा आउने दाबी गरे । चलचित्रमा कसम गुरुङ, दिनेश घिमिरे, राज थपलिया, बिशाल पहाडी, महेश गिरी, रक्षा गुारागाई, अभिरुची बुढाथोकी, विक्रान्त तिवारी र प्रकाश लुईटेलको पनि अभिनय रहेको छ । चिरायु फिल्मको ब्यानरमा बनेको यो फिल्ममा लगानी भने शर्मिला तामाङ् र दिपेन्द्र कोइरालाको रहेको छ ।

New ACTION Nepali Movie Trailer 2016 | Pramod Deep, Shiva Shrestha, Jenisha KC | Chirayu Films

Cast: Shiva Shrestha, Pramod Deep, Jenisha KC, Kasam Gurung
Music: Prahalad Bogati
Dance Director: Govind ‘Prabhat’, Ram ‘Pryashi’
Screenplay/Dialogue: Raju Aryal
DI COlorist & Editor: Kiran Thapa
DOP: Rabindra Baral
Publicity Design: Shhan Thapa, Vijay Bashyal
Director/Writer: Raju Aryal
Producer: Dipendra Koirala, Sharmil Tamang Gurung
Fight Director: Kumar Maharjan
Distributors: OM Shree Bajra Yaan Pictures & RR films

प्रतिक्रिया