Bisal Chautari Logo

तिर्थ यात्रिको अर्को गन्तव्य सभापोखरी तीर्थयात्रा (फोटो फिचरहरु)

- १८ भाद्र २०७०, मंगलवार १६:१६ मा प्रकाशित


               EXCLUSIVE      सभापोखरी तीर्थयात्रा                  

समुदृ सतहदेखि करिव २,८९० मिटर उचाइमा रहेको गुफा बजारबाट करिब ३ दिनको हिंडाइ पछि सभापोखरी पुगिन्छ । विकट स्थानमा रहेको तीर्थस्थल हुनाले श्रद्धालुहरु बोक्न सकेसम्म आवश्यक सामाग्रिहरु बोकेर हर्कटेको उकालो ओराली गर्छन् ।
बाटोमा सजीलो ठाउँ र पानीको अभाव हुने हुँदा तीर्थयात्रीहरु पानी पाइने ठाउँ रोजेर खानेकुरा पकाउने गर्दछन् । सभापोखरी यात्राका क्रममा भेंडी गोठहरु भेटिन्छन् । तर पछिल्लो समयमा भेंडाहरुलाई गोठ बनाएर चराउन लैजाने चलन कम हुंदै गएको गोठालाहरु बताउंछन् । सभापोखरीको यात्राका क्रममा बास बस्ने उपयुक्त बन्दोबस्त छैन । त्यसैले तीर्थयात्रीहरु बाटोमा पर्ने यस्तै गोठहरुमा बास बस्ने गर्छन् ।
सभापोखरी धामिर्क हिसाबले महत्वपूर्ण तीर्थस्थलमा पर्दछ, जहां मेला भर्न बर्षेनी श्रद्धालुहरु लामो र कठीन पैदलयात्रा गरेर पुग्ने गर्दछन् । संखुवासभा जिल्लामा पर्ने यो तालको लम्बाई २ सय मिटर र चौडाइ करिव १ सय मिटर जति छ । यो समुदृ सतह देखि करीब ४१ सय मिटर उचाइमा छ । देउताहरुले सभा गर्ने स्थल भएकाले यस्को नाम सभापोखरी रहन गएको किंवदन्ती छ । यहां सन्तान नहुनेहरुले पुजा गरेमा सन्तान हुने विश्वासका साथ श्रद्धालुहरु पुजा गर्न जान्छन् । हेरौँ फोटो फिचरहरु (तस्वीरहरु : सिता मादेम्बा, बीबीसी नेपाली सेवा)








प्रतिक्रिया