१९ भाद्र, काठमाडौँ ।
राजधानीको अनामनगरमा आज मंगलवार आयोजना गरिएको कार्यक्रममा चलचित्रको निर्माण युनिटले लोकेसन हन्टिङको क्रममा कुलेखानी ड्याममा डुबेर मृत्यु भएका कुकमेन बसन्त लिम्बूको परिवारलाई चलचित्रको पहिलो शो बाट निर्माताले प्राप्त गर्ने सबै रकम सहयोगस्वरुप प्रदान गर्ने घोषणा गरेको हो । साथै कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदीले जंजीर युनिटले निर्णय गरेको यस्तो पुण्य कार्यको प्रसंशा गर्दै चलचित्रको सफलताको लागि शुभकामना दिए ।
प्रतिक्रिया