Bisal Chautari Logo

राजकुमार राई चलचित्र विकास बोर्ड अध्यक्षमा नियुक्त

- २२ जेष्ठ २०७२, शुक्रबार १४:२९ मा प्रकाशित


Rajkumar Rai nepali chalchitra bikash board president
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ २२ शुक्रवार । पाँच महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षमा राजकुमार राई नियुक्त भएका छन् । आज शुक्रबारको मन्त्रिपरिषद बैठकले नियुक्तिको निर्णय गरेको हो ।

Rajkumar Rai nepali chalchitra bikash board president-
चलचित्र निर्माता संघमा अध्यक्ष पद हाँकिरहेका राइले फिल्म क्षेत्रकै लागि काम गर्ने बताए । राजकुमार राईलाई अध्यक्ष पदमा नियुक्त गरेपछि उनलाई वधाई दिने चलचित्रकर्मीहरुको तात सामाजिक सञ्जालमा धेरै मेन्सन भइरहेका छन् । नेपाली चलचित्र क्षेत्रकै मानिस बोर्डमा गएपछि अब यसले गति लिने आशा गरिएको छ । उनले आइतबार पत्र वुझ्नेछन् ।
५ महिनाअघि धर्मेन्द्र मरवैताले पद छाडेपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन भएको थियो । चलचित्र विकास बोर्ड नेपालको चलचित्र क्षेत्र हेर्ने एकमात्र निकाय हो । राईले आइतबार पत्र वुझ्नेछन् ।

विशाल चौतारी मिडिया प्रालीको तर्फबाट नियुक्त भएका अध्यक्ष राईलाई हार्दिक बधाई ।

फेसबुकमा

Rajkumar Rai nepali chalchitra bikash board president

राजकुमार राई
हादिर्क धन्यबाद !
लामो समय देखि रिक्त रहेको चलचित्र विकास बोर्ड अध्यक्ष पदमा मलाई शुक्रबार बसेको क्याबिनेट बैठकले अध्यक्ष पदमा नियुक्त गरेको जानकारी गराउन चाहन्छु । भूकम्पका कारण देश दु :खद अबस्थामा रहे पनि आम चलचित्र उद्योगका लागि यो सुखद खबर हो भन्ने मलाई लागेको छ । चलचित्र उद्योगका लागि यहाहरुले म प्रति देखाउनु भएको सहानुभूति र साथका लागि म आभारी छु । हामी आम चलचित्रकर्मी नै अध्यक्ष हौ अब सबै मिलेर एक साथ अघि बढौ । जय नेपाली सिनेमा !

प्रतिक्रिया