Bisal Chautari Logo

विनासकारी महा–भूकम्पका कारण रोकिएको ‘रेशम फिलिलि’ भदौ ११ मा रिलिज हुने

- १७ जेष्ठ २०७२, आईतवार १६:०१ मा प्रकाशित


Caused by the earthquake blocked the resham filili be released on August 11
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ १७ आइतवार । गत वैशाख १२ गते गएको महा–भूकम्पले सम्भवत नेपाली चलचित्रको इतिहासमै सबैभन्दा प्रतिक्षित बनेको चलचित्र ‘रेशम फिलिलि’को दोस्रो दिनको दोस्रो सो चल्दाचल्दै रोकियो । महा–भूकम्प जादा रोकिएको ‘रेशम फिलिलि’ भदौ ११ मा रिलिज हुने भएको छ ।

Caused by the earthquake blocked the resham filili be released on August 11
चलचित्र बजारमा उक्त सिनेमाले ऐतिहासिक बिन्दुमा कारोबार गर्ने आंकलन गरिएको थियो तर भूइचालोका कारण त्यसो हुन सक्ने सम्भावना पूरा हुन सकेन् । चलचित्रका निर्माताले त्यसबाट ठूलै नोक्सानी व्योहरे । भूकम्प गएपछि रेशम फिलिलिले आफ्नो नियमित प्रदर्शन रोक्दै नयाँ मितिमा लगाउने घोषणा गरेको थियो तर मिति भने तोकेको थिएन । धेरैले हेर्ने इच्छा राखेको चलचित्र ‘रेशम फिलिलि’को नयाँ रिलिज मिति भदौ ११ लाई तोकिएको हो । चलचित्रका निर्माता माधव वाग्ले सो मितिमा फिल्म पुन : रिलिज हुने जानकारी दिएका हुन् ।
चलचित्रको ‘पारि त्यो डाँडामा’ बोलको गीत रातारात भाइरल बनेसँगै फिल्म हेर्न दर्शकहरुको अत्याधिक चासो बढेको थियो । चलचित्रलाई नयाँ निर्देशक प्रणव जोशीले निर्देशन गरेका हुन्, भने चलचित्रमा विनय श्रेष्ठ, मेनुका प्रधान, कामेश्वर चौरासिया, कर्मा आदिको मुख्य भुमिका रहेको छ ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया