Bisal Chautari Logo

पलेटिबाट बसेर रक्षले सुनाए युद्धकविता

- २२ भाद्र २०७०, शनिबार १०:२५ मा प्रकाशित


२२ भाद्र, काठमाडौ । बेलायत प्रवासी कवि रक्ष राई शुक्रबार राजधानीमा आफ्ना एक दर्जक बढी युद्ध कविताका साथ स्रोता एवं दर्शकमाझ झुल्किए । नेपाली वाङ्मय परिषद्ले आयोजना गरेको ‘युद्ध कविताका साथमा कवि रक्ष राई’ कार्यक्रममा उनले युद्ध विषयमै रचना गरिएका कविता सुनाए–
‘यौटा छुट्टै ब्रहमाण्ड थर्काउदै 
कमाडिङ्ग साहेबको हुकुम सैनिक प्राङ्गणमा खसेको छ 
वरिपरि बयाली खेल्दै गरेका फूलका हागाहरु भाचिएका छन 
कलिला मुनाहरु लतार्दै मृत्युमय आाधी हुन्हुनाउादै ब्यारेक छिरेको छ 
यौटा मृत्यु आतङ्क आत्तिादै हृदयभित्र पसेको छ 
एम्बुसमा निदाएको सिपाहीजस्तो वातावरण तर्सिएर 
आकाश चर्किएर खस्लाजस्तो छ 
धर्ती थर्किएर फाट्लाजस्तो छ 
आफ्नो गोलीको भोजन खाएर राइफल तङ्ग्रिएको 
छातीको मुटु ग्रिनेड भएर झुन्डिएको छ ।’
यसै गरी उनले युद्धमा जानुअघि, युद्धमा रहादा र युद्धबाट बाचेर घर फर्किपछि गरी तीन चरणका कविता सुनाए । उनका एक–एक वटा कविता विप्लव, ढकाल, मोमिला र श्रवण मुकारुङले वाचनमा गर्न सघाएका थिए । ब्रिटिस सैन्य सेवाबाट सेवा निवृत्त राई नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका संस्थापक अध्यक्ष समेत हुन् । उनका देश दु:खेको छ, सालिक उभिएर गोर्खाली कविताकृति, सहिदकी आमाको लास, बालुवामा अर्को नेपाल र नवचेतानग्रह कथाकृति प्रकाशिच छन् । नवचेतानग्रहका प्रर्वतक समेत रहेका रक्ष राईका बारेमा डा. गोविन्दराज भट्टराई तथा शशी लुमुम्बूले प्रकाश पारेका थिए । 

प्रतिक्रिया