Bisal Chautari Logo

बलिउड सिनेमा ‘एक्सपोज’को पोस्टर हलिउड ‘द ग्रेट ग्याट्स बी’बाट हुबहु चोरी

- ४ जेष्ठ २०७१, आईतवार १५:३६ मा प्रकाशित


the-xpose-and-the-great-gatsby-copy
एजेन्सी 
मुम्बई, २०७१ जेठ, ४ आइतवार । बलिउड चलचित्र उद्योगमै चोरी गरेर चलचित्र निर्माण गर्ने चलन धेरै पुरानो हो । बलिउडका धेरै चलचित्रहरुमा बलिउड चलचित्रको रिमेक हुन्छ, कि साउथ चलचित्रको आइडिया चोरीन्छ । चलचित्रको बनाउने आइडिया, कहानी तथा सिनेमाका सिन मात्र होइन, यहाँ सिनेको पोस्टर जस्ताको जस्तै चोरी गरिन्छ ।
यस्तै क्रममा हिमेश रेशमिया र हनी सिंहको बलिउड चलचित्र ‘द एक्सपोज’को पोस्टर हलिउड सिनेमा ‘द ग्रेट ग्याट्स बी’को रहेको छ । चलचित्रको एक सिनमा अभिनेता हिमेश रेशमियाले वाइनको ग्लास जुन किसिमले थामेका छन्, त्यस्तै किसिमले हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियोले हलिउड सिनेमामा ‘द ग्रेट ग्याट्स बी’मा समाएका थिए । यति मात्र होइन अन्य धेरै सिनहरु यो ‘द ग्रेट ग्याट्स बी’बाट चोरीएको छ ।  
यो सिनेमा मात्र होइन पुराना अन्य धेरै सिनेमाको पोस्टरहरु हलिउड सिनेमाबाट चोरीएको छ ।

प्रतिक्रिया