Bisal Chautari Logo

महा–भूकम्पको प्रभावले ‘होस्टेल रिटन्र्स’ अब भदौ ४ मा रिलिज

- २४ बैशाख २०७२, बिहीबार ११:१८ मा प्रकाशित


hostel returns earthquake The influence Bhadra 4 Release
विशाल चौतारी समाचार
रामेछाप, २०७२ बैशाख २४ बिहिबार । गत वैशाख १२ गते आएको महाभूकम्पले नेपाली चलचित्रको प्रदर्शन मिति पनि फेरबदल भएको छ । यस्तै क्रममा वैशाख २५ गतेबाट चल्ने भनिएको चलचित्र ‘होस्टेल रिटन्र्स’ले यो समय मनोरञ्जन गर्ने होइन भन्र्दै प्रदर्शन मिति सारेको छ । निर्माता सुनिल रावलका अनुसार अब यो चलचित्र भदौ ४ गतेबाट प्रदर्शनमा आउनेछ ।

hostel returns earthquake The influence Bhadra 4 Release
नया प्रदर्शन मिति तय गर्दै निर्माता रावलले फरक ढंगले प्रचारमा लाग्ने बताएका छन् । सुरज भुषालले निर्देशन गरेको ‘होस्टेल रिटन्र्स’मा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रले प्रदर्शन मिति तोकेपनि भूकम्पबाट प्रभावित भएका अन्य चलचित्रले प्रदर्शनको नया मिति तय गर्न सकेका छैनन् ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया