Bisal Chautari Logo

सलमानले सहयोग नगर्दा अमिरले नेपालको भूकम्प पीडित बालबालिकालाई सहयोग गर्न सबैलाई आग्रह

- २० बैशाख २०७२, आईतवार १४:०१ मा प्रकाशित


Aamir Khan to help children in Nepal earthquake victims urged
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख २० आइतबार । नेपालमा बलिउडका दुई चर्चित अभिनेता सलमान खान र अक्ष्य कुमारले नेपालमा गएको भुकम्प पिडितहरुका लागी सहयोग नगर्ने जनाइरहदा बलिउडकै चर्चित अभिनेता अमिर खानले भने सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । बलिउड चर्चित अभिनेता अमिर खानले नेपालमा गएको महा–भूकम्पले क्षति पुर्‍याएको सुनेर आफ्नो ‘मुटु टुटेको’ प्रतिक्रिया आफ्नो फेसबुक पेजट्विटर मार्फत जनाएका छन् ।

Aamir Khan to help children in Nepal earthquake victims urged
सामाजिक अभियन्ता समेत रहेका खानले आइतबार आफ्नो फेसबुक पेज र ट्विटरबाट ट्वीट गर्दै नेपालमा भूकम्पबाट हजारौंले ज्यान गुमाएको थाहा पाउदा आफू स्तब्ध भएको बताएका हुन् । आफूले केही समयअघि नेपालको भ्रमण गरेको स्मरण गर्दै अमिरले भूकम्प पीडितलाई तत्काल सहयोगको हात बढाउन आग्रह गरेका छन् ।
उनले भूकम्प पीडित बालबालिकाहरुलाई युनिसेफमार्फत सहयोग प्रदान गर्न अपिल गरेका हु्न् । ‘मैले केही समयपहिले नेपालको भ्रमण गरेको थिएा’, अमिरले भनेका छन्, ‘भूकम्प पीडित बालबालिकालाई सहयोगको हात अघि बढाउनुस् ।’ उनको आग्रपछि उनका फ्यान र प्रशंसक नेपालका भूकम्प पीडित बालबालिकालाई सहयोग जुटाउन अग्रसर भएका छन् ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया