Bisal Chautari Logo

महा–भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५ हजार २६ पुग्यो

- १६ बैशाख २०७२, बुधबार १५:०४ मा प्रकाशित


earthquake in nepal 5026 mortality
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख १६, बुधबार । भूकम्पका कारण हालसम्म ५ हजार २६ जनाको मृत्यु भएको छ । १० हजार २२७ जना घाइते भएका छन् ।
प्रहरी प्रधान कार्यालयले दिएको यो विवरण बुधबार अपरान्ह ४ बजेसम्मको हो । खोजी र उद्धार कार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

earthquake in nepal 5026 mortality
भूकम्पका कारण काठमाडौंमा १०३४ जनाको मृत्यु भएको छ । भक्तपुरमा २५६ र ललितपुरमा १६८ जनाको ज्यान गुमेको छ । यसैगरी काठमाडौंमा २ हजार ४००, भक्तपुरमा १ हजार ८८६ र ललितपुरमा १ हजार ९० जना घाइते भएका छन् ।
पूर्व क्षेत्रमा ५१, मध्यक्षेत्रमा ३ हजार १०२, पश्चिम क्षेत्रमा ४१३ र मध्य पश्चिम क्षेत्रमा २ जनाको ज्यान गुमेको छ । पूर्व क्षेत्रमा २१६, मध्यक्षेत्रमा ३ हजार ४८४, पश्चिम क्षेत्रमा १ हजार १३० र मध्य पश्चिम क्षेत्रमा २१ जना घाइते भएका छन् ।

हालसम्म काठमाडौंमा ९५२, भक्तपुरमा २५०, ललितपुरमा १५९, पूर्व क्षेत्रमा २९, मध्यक्षेत्रमा २ हजार ९८८, पश्चिम क्षेत्रमा २२९ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ४ हजार ६०९ शव आफन्तलाई बुझाइएको छ । अन्य शवहरु विभिन्न अस्पतालहरुमा रहेको हुादा शव सनाखतको लागि पहल भइरहेको छ । साथै हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले पहिचानको लागि नजिकको अस्पताल वा प्रहरी कार्यालयमा गइ सूचना दिनसमेत नेपाल प्रहरीले अनुरोध गरेको छ ।
नेपाल प्रहरीको विपद व्यवस्थापनसमेतको संयुक्त टोलीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल र पानी वितरण कार्य भइरहेको छ । स्रोत : अनलाइन खबर

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया