Bisal Chautari Logo

निताको नसालु आखामा कृष्ण (भिडियो सहित)

- २५ भाद्र २०७०, मंगलवार १४:५३ मा प्रकाशित


२५ भाद्र, काठमाडौ । अभिनेता विराज भट्टका भाई कृष्ण र अभिनेत्री निता ढुङ्गानाद्धरा अभिनित चलचित्र ‘वार’ प्रदर्शनमा आउने भएको छ । मुकुन्द भट्टको निर्देशनमा तयार भएको यस चलचित्रलाई सुवोध भट्ट र किशोर भट्टले निर्माण गरेका हुन् । 
मानव सुवेदीको संगीत रहेको यो चलचित्रमा निता र कृष्ण सहित एलपी सिवाकोटीको अभिनय रहेको छ । सस्पेन्स थ्रीलर कथावस्तुमा तयार भएको यो चलचित्रमा सौरभ लामाको छायांकन, बनिष शाहको सम्पादन छ । यसैबिच निर्माणपक्षले चलचित्रमा समावेश ‘आखा हेरे आखा नै राम्रो’ बोलको गीतपनि सार्वजनिक सार्वजनिक गरेको छ । यो गीतमा कृष्ण भट्ट र नीता ढुंगानालाई देख्न सकिन्छ । यो गीतमा बब्बु थापाको नृत्य निर्देशन छ । चलचित्र कात्तिकको पहिलो सातामा प्रदर्शनमा आउने निर्माण कम्पनिले बताएको छ ।

प्रतिक्रिया