Bisal Chautari Logo

दुई राजेशले कतार हल्लाए

- ६ बैशाख २०७२, आईतवार १५:५९ मा प्रकाशित


rajesh hamal and rajesh payal rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख ६, आइतबार । नेपाली चलचित्र क्षेत्र अनी साङ्गीतिक क्षेत्रमा कहलिएको नाम हो राजेश, अर्थात अभिनेता राजेश हमाल र गायक राजेश पायल राई । यी दुई सेलिब्रेटी नाम मिले जस्तै सम्बन्धपनि प्रगाट रहेको छ । यि दुई राजेश जहा जान्छन्, त्यहा हंगामा हुन्छ भन्ने धेरै प्रमाणित भइसकेको छ ।

rajesh hamal and rajesh payal rai
यस्तै क्रममा अप्रिल १७ तारिकको दिन कतारको सानिया रंगशालामा भएको कार्यक्रममा दुई राजेशले कतार हल्लाएका छन् । नेपालबाट गएको कलाकारको जम्बो टोलीमा कार्यक्रमको सुरुवात गायिका सिमा संगौलाले गीत गाएर गरिन् । कतार यसै तँ गरम त्यस माथी त्यस्तै अभिनेत्री सुस्मा कार्कीको नृत्यले अझ बढी दर्शकहरुलाई गरम थपे । त्यस्तै गायिका इन्दिरा जोशीको उध्रेको चोली, तोक्मे बुढा विल्शन विक्रम राईको प्रहशन र पुर्व मिस नेपाल माल्भिका सुब्बाको मिठो उद्घोषणले सबैलाई मन्त्रमुघ्न पारेको थियो । त्यस्तै मिलन लामाको दोहोरी, शंकर बिसी र रश्मि तामाङको डान्स, भोजपुरी कलाकारहरुको जादुमयी प्रस्तुती पानि कम थिएन । प्रस्तुतीको विचमा ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउ न’ बोलको गीत नाच्दै आए महाअभिनेता राजेश हमाल । अभिनेता हमाललाई अंग्रेजी सिकाउने चाही अभिनेत्री प्रियंका कार्की थिइन् ।

rajesh payal rai, indira joshi, malvika subba
कार्यक्रमको अन्त्यमा बोलाइयो राई इज किङ अर्थात राजेश पालय राईलाई । गायक राजेश पायल अझ के कम ‘दर्शन नमस्ते कतार भन्दै ५ वटा गित दर्शकहरुको वान्समोरमा गाए । त्यसबेला रातको १०:३० बजेको थियो । कार्यक्रम हेर्ने दर्शकहरु लगभग १५ हजार आएका थिए ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया