Bisal Chautari Logo

घरबेटीले कोठामा ताला लगाएपछि यस्तो पनि उजुरी !

- ४ बैशाख २०७२, शुक्रबार १४:१८ मा प्रकाशित


nepal Landlord had padlocked in take room such complaints !
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख ४, शुक्रबार । सरकारको कामसमेत निगरानी गर्न संवैधानिक रूपमा स्थापित राष्ट्रिय मानवअधिकार आयोगमा उजुरीको चाङ लागेको छ । तर, अधिकांश उजुरी परामर्शमा सीमित छन् ।

nepal Landlord had padlocked in take room such complaints !
तर बुधबार आयोगको उजुरी शाखामा बसेर जिज्ञासा राखिरहादा प्रवेश गरेका एक युवा निराश हुादै भने, ‘मलाई यो आयोगले न्याय नदिने भयो होइन ?’ उनले दुई महिनादेखि न्यायका लागि धाइरहेको भए पनि कार्यालयका कसैले वास्ता नगरेको र आफ्नो उजुरीलाई गम्भीर ढंगले नलिएको उनी बताउादै थिए ।
घरबेटीले घरबहाल नतिरेकामा उनको कोठामा ताला लगाएपछि विस्थापित उनी ८ फागुनमा आयोगमा उजुरी दर्ता गराउन आएका थिए । उजुरीपछि आयोगले घरबेटीलाई टेलिफोनमा बुझ्दा उनले १३ महिनादेखि कोठाको बहाल नतिरेको पाइएको थियो ।
रोल्पा घर भई नयाा वानेश्वर डेरामा बस्ने पाभेन्ऽप्रसाद ओलीले भने, ‘दुई महिनादेखि घरबेटीले कोठामा ताला लगाइदिएकाले आफ्नै सम्पत्ति उपभोग गर्न नपाएकाले सम्पत्तिमाथिको अधिकार उल्लंघन भएको छ ।’ पहिले आफ्नो सम्पत्ति उपभोग गर्न पाउनुपर्ने अनि मात्र घरबेटीसागको लेनदेनको कुरा अघि बढ्ने उनको तर्क थियो ।
घरबेटी वामनप्रसाद पराजुलीले सम्पत्ति कब्जा गरेको र नयाा वानेश्वर प्रहरी कार्यालयमा उजुरी गर्दा घरबेटीको कुरा सुनेर उल्टो रातभर थुनिनुपरेको भन्दै उनले मानवअधिकार नै उल्लंघन भएको दाबी गरे ।
‘सम्झाउादा आयोगले चासो नराखेको आरोप लाग्छ, गाली गर्न, हकार्न त झनै मिलेन, दिक्कै लगाउाछन्, कहिलेकाही त !’ शाखाका कर्मचारी श्रेष्ठले भने ।साभार : सौर्यडेलि डटकम

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया