Bisal Chautari Logo

जीवन र नीताको सम्बन्धमा ‘धुन’ बज्ला !

- ४ बैशाख २०७२, शुक्रबार १२:०६ मा प्रकाशित


Jivan Luitel and Neeta Dhungana With regard to Dhoon movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख ४, शुक्रबार । पछिल्लो नेपाली पर्दामा सफल जोडीको रुपमा मानिन्छ, अभिनेता जीवन लुईंटेल र अभिनेत्री नीता ढुङ्गानाको जोडी । २ बर्ष पहिले प्रदर्शनमा आएको चलचित्र ’नोटवुक’ देखी पछिल्लो समय प्रदर्शनमा आएको ‘भूलभूलैया’ दर्शकको रोजाईमा परिरहादा अब भने जीवन र नीताको जोडी पुन:पर्दामा आउन तयार छ चलचित्र ‘धुन’ मार्फत ।

Jivan Luitel and Neeta Dhungana With regard to Dhoon movie
यही बैशाख १८ बाट प्रदर्शनको तयारीमा रहेको म्युजिकल लभ स्टोरीमा आधारित ‘धुन’मा यो जोडीको अनस्क्रिन रोमान्स समेटिएको छ । सांगितिक पक्ष सशक्त रहेको ‘धुन’को सार्वजनिक गीतले राम्रै चर्चा बटुलिरहादा जीवन र नीता पुन: दर्शकलाई मनोरञ्जन दिन फिट रहेको अनुमान छ । नेपाल बाहिर रहेकोले पब्लिसिटीमा उत्रिन नसकेका जीवन यो चलचित्रको रिलिजको आसपासमा नेपाल फकिर्कदैछन् ।
‘धुन’मा जीवन र नीतासागै मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी लगायतका कलाकारहरुको अभिनय छ । मालती शाहको प्रस्तुतीमा सुशिल शाह, बिनोद भट्ट, मधुसुदन भट्टराई र श्रेया दुलालको संयुक्त लगानी रहेको ‘धुन’लाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । दर्जनौा चलचित्रमा सहायक निर्देशक बनेसागैको अनुभवलाई पहिलो पटक मुख्य निर्देशनमा खर्चेका कृष्ण चलचित्र पुर्ण मनोरय्जनको खुराक बनेको बताउाछन् ।
’लंका’ चलचित्रमा लगानी गरेर सुरुवातमा नै सफलता चाखेकी निर्मात्री मालती शाह र सुशिल शाहले लगानी गरेको पछिल्लो चलचित्र ’झोला’ सर्वा्धिक सफल चलचित्रको सुचीमा परिरहादा यो चलचित्रले पनि ‘लक’ लगाउने आशामा उनीहरु छन् । चलचित्र ‘धुन’लाई बिरेन्ऽ भट्टले खिचेका हुन् ।

प्रतिक्रिया