Bisal Chautari Logo

भाग्य भन्नु यस्तै रहेछ

- ५ जेष्ठ २०७१, सोमबार ०५:१९ मा प्रकाशित


nepali-music-video
विशाल चौतारी समाचार 
काठमाडौं, २०७१ जेठ, ५ सोमबार । पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रमा जति मात्रामा रेकर्डिङ स्टुडियोहरु खालि रहन्न्, त्यति नै मात्रामा काठमाडौ वरिपरिका स्थानहरु । गीत रेकर्डिङ हुन भन्दा अगाडी नै म्युजिक भिडियोको बारेमा सोचिसकिएको हुन्छ ।
किनभने पछिल्लो समयमा आधुनिकताको विकाशसंगै नेपाली संगीतका दर्शकहरुलेपनि गीत सुन्नलाई मात्र होइन, हेर्नलाई पनि हो भन्ने कुरा प्रमाणित गरिदिइसकेपछि म्युजिक भिडियो अत्यान्त आवश्यक बन्दै गएको छ ।
यहि क्रममा म्युजिक भिडियो निर्देशक मोहनराज अधिकारीले भर्खरै एउटा म्युजिक भिडियो गरेका छन् । गायिका स्मिता घिमिरेको पहिलो एल्बम ‘इट्स मी’ मा समावेश गरिएको ‘भाग्य भन्नु यस्तै नै रहेछ’ बोलको गीतलाई भिडियोको रुप दिएका हुन् । कमलमान सिंहको शब्द–संगित र अमृत सुनुवारको छायांकनमा रहेको उक्त भिडियो चोभार, बालाजु, कितिर्पुर लगायत अन्य सुन्दर स्थानमा छायांकन गरिएको छ । यस भिडियोमा मोडल निराजन प्रधान र कविता बानियाँको अभिनय रहेको छ ।

प्रतिक्रिया