Bisal Chautari Logo

पत्रकार भिषणद्धरा निर्देशित ‘पहिचान आन्दोलन बृत्तचित्र’ प्रदर्शन

- २९ चैत्र २०७१, आईतवार १७:२२ मा प्रकाशित


bhisan rai Pahichan andolan documantary
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत २९, आइतबार । नेपालको आदिवासी जनजाती आन्दोलनको सेरोफेरोमा केन्द्रित ‘पहिचान आन्दोलन बृत्तचित्र’ प्रदर्शन गरीएको छ । आइतबार प्रदर्शन गरीएको ७८ मिनेट लामो बृत्तचित्र पहिचानवादी योद्धाहरुको लागि समर्पण गरीएको बृत्तचित्रका लेखक तथा निर्देशक भीषण राईले बताए ।

bhisan rai Pahichan andolan documantary (3)
बृत्तचित्रमा बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विविधता बोकेको नेपाली समाजमा एकात्मक शाषण व्यवस्थाले गर्दै आएको दमन र आदिवासी जनजातीले आफ्नो गुमेको सम्मान र पहिचान मागेको विषयलाई देखाउन खोजिएको छ ।
बृत्तचित्रमा आदिवासी जनजाती मधेशी, मुश्लीम, उत्पीडीत दलित, महिलामाथी हुने सवै खालका विभेद यथावत रहेको देखाइएको छ । उत्पीडीत जनताको गुमेको आत्मसम्मान र पहिचानका विषय वस्तु बृत्तचित्रमा उठाइएको छ ।

bhisan rai Pahichan andolan documantary (1)बृत्तचित्रमा नेपाली इतिहासमै पहिलो पटक पहिचान पक्षधर र विपक्षी विचमा ठुलो धु्रवीकरण पैदा भएको, सवै उत्पीडीत उपेक्षितहरु सडकमा ओर्लीएको, आदिवासी जनजाति, मधेषी, मुश्लीम, दलित पहिचानमा आधारित संघियता मागीरहेको विषयलाई समेटीएको छ । संघीयता र पहिचानको मुद्दाबारे फैल्याइएको गलत प्रचार र भ्रमलाई चिर्न यो वृतचित्रको मुख्य उद्देश्य रहेको निर्देशक राईले बताए ।
नयां राष्ट्रियता निर्माणको लागि यो वृतचित्र कोशेढुंगा सावित हुने पनि उनले बताए । राजधानीमा आयोजित बृत्तचित्र प्रदर्शनीमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका प्रवक्ता तथा कार्यक्रमका प्रमुख अतिथी डा. ओम गुरुङले शोको उद्घाटन गरेका थिए ।

bhisan rai Pahichan andolan documantary (2)
कार्यक्रममा फोनिज अध्यक्ष डण्ड गुरुङ, जनजाती महासंघका पूर्व महासचिव आङकाजी शेर्पा, लेखक युग पाठक, चलचित्र निर्माता ज्योतीराज राई, किरात फोर्सका केन्द्रिय सचिव डिवी सरोज लगायतले पहिचानका विषयमा मन्तब्य राखेका थिए । कार्यक्रम चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको सभापतित्वमा संचालन भएको थियो ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया