Bisal Chautari Logo

‘नाई नभन्नु ल–३’ हेर्न दर्शक उर्लिदा अष्टनारायण हल परिसर तनाव (फोटो फिचर सहित)

- २८ चैत्र २०७१, शनिबार १६:५२ मा प्रकाशित


nai nabhannu la 3 see the audience Asta Narayan hall premises stress
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत २८, शनिबार । हिजो शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘नाई नभन्नु ल–३’ हेर्ने आज शनिबार दर्शकहरु उर्लिएका कारण अष्टनारायण हल परिसरमा तनाव बनेको थियो । बालाजुस्थित सडककै छेउमा रहेको सो सिनेमा हलमा चलचित्र हेर्न पुगेका दर्शकका कारण २ घण्टा भन्दा बढी सवारी आवतजावतमा समेत अवरोध पुगेको थियो ।

nai nabhannu la 3 see the audience Asta Narayan hall premises stress
चलचित्र हेर्न भनेर हल सम्म पुगेका दर्शकहरु धेरै उर्लिएका कारण चलचित्र ‘नाई नभन्नु ल–३’ धेरै जसोले टिकट पाएनन् । दर्शकहरु भन्दैथिए, ‘चलचित्र हेर्न त आइयो तर टिकट नै पाएन ।’ तर सिनेमा हेर्न हल हाउसफुल भएपछी चलचित्र युटिन भने दंग रहेका छन् । चलचित्रका निर्देशक मुस्कान ढकालले आफ्नो फेसबुक प्रोफाइलमा तस्बिर अपलोड गर्दै तस्बिर आफै बोल्छ भनेर अपलोड गरेका छन् ।
त्यस्तै पत्रकार तथा अभिनेता समेत रहेका श्याम अर्यालले एक तस्बिर अपलोड गर्दै आफ्नो फेसबुकमा लेखेका छन्, ‘कतिले यो भिड कुनै पार्टिको आमसभामा हिडेका हुन भन्न बेर छैन । नाइ नभन्नु ल ३ हेर्न अस्टनाराएन हल मा उलिर्लको मानबसागर ।’

nai nabhannu la 3 see the audience Asta Narayan hall premises stress (3)
च्लचित्र अष्टनारायण हलमा मात्र होइन, अन्य हलमापनि चलचित्र ओभरफ्लो भइरहेको सिनेमाका निर्माता विकाश आचार्यले बताए । त्यस्तै काठमाडौमा बिग सिनेमा, क्युएफएक्स लगायत स्थानका हलमापनि चलचित्रको राम्रो प्रतिकृया आइरहेको आचार्यले बताए ।

nai nabhannu la 3 see the audience Asta Narayan hall premises stress (2)
मुस्कान ढकालद्धरा निर्देशित चलचित्रलाई चचिर्च निर्देशक विकाश आचार्यले निर्माण गरेका हुन् । चलचित्र नाइ नभन्नु ल–३मा आर्यन सिक्देल, सुरज सिंह ठकुरी, प्रियंका कार्की, संचिता लुइटेल, संयम पुरी, आस्मा डिसी र अनुभव रेग्मिको मुख्य भूमिका रहेको छ । चलचित्रको कथा विकास आचार्यले लेखेका हुन् । मल्टिप्लेक्स सहित सिंगल स्क्रिन गरी अल नेपाल ४० हलमा चलचित्र रिलिज भइरहेको छ ।

THIS NEWS YOUR COMMENT HERE 

प्रतिक्रिया