Bisal Chautari Logo

सय हप्तामा ‘बागमती’ यसरी बेरियो मानव साङ्लोमा (फोटो फिचर सहित)

- २८ चैत्र २०७१, शनिबार ०६:१२ मा प्रकाशित


bagmati river cleaning 1 million people 100th week
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत २८, शनिबार । बागमति सफाइ महाअभियानको १ सयौं हप्ता पुगेको अवसरमा आज शनिबार मानव साङ्लोले वाग्मती नदी बााधिएको छ । सुन्दरीजलदेखि चोभारसम्मको करिब २८ किमि क्षेत्रमा दुवैतर्फ साङ्लो बनाइयो । मानव साङ्लोमा करिब १ लाख मानिसको सहभागिता रहेको मुख्यसचिव लीलामणि पौड्यालले जानकारी दिए ।

bagmati river cleaning 1 million people 100th week
१ सयौं हप्ता पुगेको अवसरमा बनाइएको मानव साङ्लोमा प्रधानमन्त्री सुशील कोइराला, प्रधानन्यायाधीश रामकुमारप्रसाद साह, संविधानसभा अध्यक्ष सुवासचन्ऽ नेम्वाङ, एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराईलगायतका नेता सहभागी भए ।

bagmati river in future
                                       Bagmati in future

प्रधानमन्त्री सुशील कोइरालाले जनताको उठेको हातलाई सरकारको साथ रहने बताए । ’जनताको हात उठिसकेको छ,’ सयौं हप्ताको कार्यक्रममा सहभागी प्रधानमन्त्रीले भने, ’सरकारले पूरापूर साथ दिन्छ ।’ कोइरालाले वाग्मती सफा हुने क्रममा रहे पनि ढलको समस्या जटिल रहेको बताए ।
मानव साङ्लोमा निजामती कर्मचारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी, शिक्षक, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारण सहभागी भए । वाग्मती नदीको दुवैतिर मानव साङ्लो बनाएर राष्ट्रिय गानद्वारा कार्यक्रम उद्घाटन गरियो ।
वाग्मती नदीको दुवैतिर करिब ५६ किमि क्षेत्रको मानव साङ्लोको व्यवस्थापनको जिम्मा विभिन्न मन्त्रालयका सचिवलाई दिइएको थियो । गोकर्णदेखि सुन्दरीजलसम्मको मानव साङ्लोको जिम्मेवारी ८ गाविसका स्थानीयलाई दिइएको थियो ।

सबै फोटो फिचरमा हेर्नुहोस्

bagmati river cleaning 1 million people 100th week (7)

bagmati river cleaning 1 million people 100th week (6)

bagmati river cleaning 1 million people 100th week (5)

bagmati river cleaning 1 million people 100th week (4)

;+ljwfg;efsf cWoIf ;'jf; g]Djfªn] afudtL ;kmfO dxfcleofgdf ;+jf

bagmati river cleaning 1 million people 100th week (2)

The 100th week of Bagmati Clean Up Greater Campaign began this morning with participation of thousands of people from Sundarijal to Sundarighat. The participants are scheduled to form a human chain of 56 kilometres along the riverbanks.
(स्रोत : इकान्तिपुर, तस्बिरहरु : नागरिक न्युज डटकम, अनलाइन खबर डटकम)

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया