Bisal Chautari Logo

ऋचा फेरी दुई बर्षपछि आमा बन्दै

- ५ जेष्ठ २०७१, सोमबार ०६:१० मा प्रकाशित


richha-ghimire-and-Shankar-Ghimire
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, ५ सोमबार । केही वर्ष अगाडी नेपाली चलचित्र क्षेत्रमा व्यास्त रहिरहेका धेरै अभिनेत्रीहरु अहिले आमा बन्ने होडबाजिमा रहेझै देखिन्छ । यस्तै क्रममा दुई वर्ष अघि छोरालाई जन्मदिएकी अभिनेत्री ऋचा घिमिरे पुन: आमा बन्ने भएकी छिन् । पति तथा निर्देशक शंकर घिमिरे र छोराका साथ हाल अमेरिकामा रहेकी अभिनेत्री घिमिरेका अनुसार उनले आगामी मंगलबार नयाँ सन्तानलाई जन्मदिँदैछिन् ।
ऋचाले आफ्नो स्वास्थ्यका कारण यही वैशाखमा नेपाल फकिर्ने योजना रद्ध गर्नुपरेको खुलाईन् । चलचित्र ‘तुलसी’को अमेरिका र क्यानडामा शो गर्नुपर्ने भएकाले पनि बसाई लम्बिएको बताउदै भनेकी छिन्, ‘मेरो नयाँ सन्तानको जन्म हुँदैछ, त्यसकारणले पनि डाक्टरले दुई महिना अगाडिदेखि नै कहिँ पनि यात्रा नगर्नु भनेकोले नेपाल आउन पाइएन,’ अभिनेत्री ऋचाले भनिन । ऋचाका अनुसार उनको फिल्म क्यानाडाको सफल प्रदर्शन पछि अब अमेरिकाका धेरै स्थानमा प्रदर्शन हुँदैछ । नयाँ सन्तान जन्मिएको चार महिनापछि मात्र नेपाल फर्कनेपनि ऋचाले बताएकी छिन् ।
च्लचित्र ‘तुलसी’ मा विमलेश अधिकारी र ऋचाको प्रमुख भूमिकामा अभिनय रहेको छ । शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बनेको चलचित्रमा रञ्जीत गजमेरको संगीत, गोविन्द राई र राजु शाहको नृत्य, सानुकुमार महर्जनको दन्द्ध, शिव पुरीको सम्पादन र दीपक बज्राचार्यको छायांकन रहेको छ ।

प्रतिक्रिया