Bisal Chautari Logo

‘रेशम फिलिली’को प्रेसमिटमापनि ‘जालमा’ कै चर्चा || च्यारीटिबाट उठेको रकम सामाजिक संस्थालाई

- २६ चैत्र २०७१, बिहीबार १६:५८ मा प्रकाशित


Resham Filili press meet
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काडमाडौ, २०७१ चैत २६, बिहिबार । चलचित्र ‘रेशम फिलिली’ गीत जती सामाजिक सञ्जालमा दर्शकसामु हिट भइरहेको छ, त्यती नै हिट आज चलचित्रको प्रेसमिटमा पनि भयो । प्रेसमिट समारोहमा चलचित्रका युनिट सबैले ‘जालमा’ बोलको गीतमा कुम हल्लाए ।

Resham Filili press meet (1)
आउदो नया वर्ष २०७२ को दोस्रो साता प्रदर्शनमा आउन लागेको कमेडी फ्लेबरको चलचित्र ‘रेशम फिलिली’ युटिनले क्यान्सरविरुद्ध चेतना जगाउदै आएको संस्था ‘रोज फाउण्डेसन’को सहयोगार्थ च्यारिटी प्रिमियर शो गर्नेपनि पत्रकार सम्मेलनबाटै जानकारी दिएका छन् । Resham Filili press meet (8)वैशाख ११ गतेबाट अल नेपाल रिलिज हुन लागेको यो चलचित्रको गीत ‘जालमा’ नेपालमै सबैभन्दा छोटो समयमा सवाधिक हेरीएको हिट गीत बनेको छ । पत्रकार सम्मेलनमा चलचित्रको पोष्टर तथा टिसर्टहरुपनि सार्वजनिक गरिएको थियो । टिसर्टको सार्वजनिक चलचित्र युटिनका मुख्य पात्रहरुले गरेका थिए भने, पोष्टर निर्देशक, निर्माता र अभिनेत्रीले गरेका थिए ।
थापाथली स्थिीत मुड्स रेष्टुरामा चलचित्र युनिटले आयोजना गरेको प्रेसमिटमा निर्माता वाग्लेले फस्ट लभ, मिसन पैसा, लुट भन्दा पनि ‘रेशम फिलीली’ सबैकुराले उत्कृष्ट बनेको बताए । थप्दै वाग्लेले भने यो चलचित्रले भरपुर मनोरञ्जन नदिए आइन्दा कहिल्यै कसैसंग सहयोग नर्गन र नमाग्ने समेत बताए । Vinay Shrestha Resham Filili press meetचलचित्र रेशम फिलीली साउथ इण्डियन चलचित्र जस्तो भएको र अहिले सम्मकै कमेडी जनरामा उत्कृष्ट बनेको माधव वाग्लेले खुलाए । पत्रकार सम्मेलनमा निर्माता वाग्लेले प्रिमियरबाट उठेको रकम फाउण्डेसनमार्फत बालबालिकालाई शैक्षिक सहयोग गर्ने घोषणा गरे ।

त्यस्तै कार्यक्रममा चलचित्रका मुख्य अभिनेता बिनय श्रेष्ठले चलचित्र हेरीसकेपछि दर्शकको साडे २ घण्टाको समय खेर नगएर रिल्याक्स फिल गर्ने प्रस्ट्याए । विनयले थप्दै भने चलचित्रले कमेडीसागै सामाजिक कथा पनि बोकेकोले सामाजिक काममा आफुहरुले सहयोग गर्ने दाबी समेत गरे ।Menuka Pradhan Resham Filili press meet
त्यस्तै निर्देशक प्रणव जोशीले आफु म्युजिक भिडियो निर्देशनबाट आएकाले आफुलाई चुनौती पहाड जस्तै ठाडा भए पनि संचारकर्मी र दर्शकले राम्रा कामलाई सहयोग गर्ने भएकाले आफु ढुक्क रहेको बताए । चलचित्रका लेखक समेत रहेका जोशीले काठमाडौंमा हण्डर खाएर आजित बनेका दुई युवा रेशम र हरियाको दु:ख सुख, मित्रता र संघर्षलाई मनोरञ्जनात्मक किसिमले प्रस्तुत गरिएको बताए ।
चलचित्रकी मुख्य अभिनेत्री मेनुका प्रधानले चलचित्र खेल्नका लागी धेरै किसिमको रोलमा आफुलाई प्रस्ताव आएपनि यो चलचित्र आफ्नो लागी विशेष रहेको बताइन् ।Karma Resham Filili press meet चलचित्रको उत्कृट टिम भएकाले आफ्नो बिगतका चलचित्र भन्दा फरक र कमेडी शैलीमा भएको र दर्शकले यस चलचित्र मार्फत आफुलाई फरक भुमिकामा पाउने बताइन् ।
यता चलचित्रमा हिरोको रोलमा रहेका अभिनेता कर्मा आफ्नो भुमिका एउटा कलाकार नभएर हिरोको रोमा भएको बताए । त्यस्तै चलचित्रका अर्का कलाकार रामेश्वर चौराशियालाई पत्रकारहरुबाट डाइलड बोल्न आग्रह भएपछि अंग्रेजीमा डाइलग बोल्दा कसैले नबुझ्दा हासोले हल गुञ्जीएको थियो ।
भी मोसन पिक्चर्सको प्रस्तुति तथा पपकर्न प्रालीले बितरण गर्ने चलचित्र विनयका अलावा मेनुका प्रधान, कर्मा, कामेश्वर चौरासिया, आशुतोष श्रेष्ठ, अरुण रेग्मी, लक्ष्मी गिरी र शिशिर वाङ्देललगायतको अभिनय रहेको छ । कालिप्रसाद बास्कोटाको संगीत रहेको चलचित्रमा सुनिल न्यौपानेको सम्पादन र बाबु श्रेष्ठको छायांकन रहेको छ ।

सबै फोटो फिचरमा हेर्नुहोस्

Resham Filili press meet (3)

Resham Filili press meet (4)

Resham Filili press meet (2)

Resham Filili press meet (9)

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया