Bisal Chautari Logo

फ्राइडे रिलिज || ‘नाइ नभन्नु ल ३’, ‘सेतो बाघ’ र ‘हवल्दार सुन्तली’ भोलीबाट हलमा

- २६ चैत्र २०७१, बिहीबार १५:५४ मा प्रकाशित


nai nabhannu la 3 seto bagh and hawaldar suntali friday release in nepal
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत २६, बिहिबार । भोली शुक्रबारबाट निकै प्रतिक्षा गरिएका ३ नेपाली चलचित्र रिलिज हुदैछन् । तीन नेपाली चलचित्र ‘नाइ नभन्नु ल ३’, ‘सेतो बाघ’ र ‘हवल्दार सुन्तली’ प्रदर्शनमा आउने भएको हो ।

nai nabhannu la 3 seto bagh and hawaldar suntali friday release in nepal
नाइ नभन्नु ल–३
निर्देशक : मुस्कान ढकाल
चर्चित निर्देशक विकाश आचार्यकृत चलचित्र नाइ नभन्नु ल–३मा आर्यन सिक्देल, सुरज सिंह ठकुरी, प्रियंका कार्की, संचिता लुइटेल, संयम पुरी, आस्मा डिसी र अनुभव रेग्मिको मुख्य भूमिका रहेको सिनेमालाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । म्युजिकल रुपमा सशक्त चलचित्रमा कमेडी, वियोग, संयोगको सबै देख्न पाइन्छ । चलचित्रको कथा विकास आचार्यले लेखेका हुन् । मल्टिप्लेक्स सहित सिंगल स्क्रिनमा अल नेपाल चलचित्र रिलिज हुदैछ ।

priyanka karki nai nabhannu la 3
सेतो बाघ
निर्देशक : नीर शाह
वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले निर्देशन गरेको चलचित्रमा बीएस राणाको मुख्य भूमिका रहेको छ । डायमन्ड शमशेरले प्रथम प्रधानमन्त्री जंगबहादुर राणाको आखिर जीवनमाथि लेखेको पुस्तक सेतो बाघमाथि चलचित्र आधारित छ । ऐतिहासिक श्रेणीमा राखिएको चलचित्र मल्टिप्लेक्समा रिलिज हुदैछ ।
हवल्दार सुन्तली
निर्देशक : ऋषि लामिछाने
नेपाली प्रहरी संगठनभित्रै बलात्कारको शिकार भएकी सुन्तली धामीको विषयवस्तु उठान गरिएको ऋषि लामिछानेद्धरा निर्देशित चलचित्र हवल्दार सुन्तलीमा शिल्पा पोखरेल सुन्तलीको रोलमा देखिएकी छिन् । चलचित्रमा पोखरेलका साथमा सविन श्रेष्ठ र किशोर खतिवडाको मुख्य भूमिका छ । यो चलचित्र एकल पर्दाहरुमा रिलिज हुदैछ ।

प्रतिक्रिया