Bisal Chautari Logo

‘धुन’मा नीतासँग डिस्कोमा नाच्ने को ? (भिडियो )

- २६ चैत्र २०७१, बिहीबार ०६:५६ मा प्रकाशित


Neeta Dhungana and Jiwan Luitel Nepali Movie Song Dhoon
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत २६, बिहिबार । आउँदो बैसाख १८ बाट प्रदर्शनमा आउने चलचित्र ‘धुन’ को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक डान्सिङ गीतमा चलचित्रका लिड कलाकारहरु जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, उमावेवी लगायत फिचरिङमा छन् ।

Neeta Dhungana dance
ईन्दिरा जोशीको स्वर रहेको ‘कृष्णको धुन’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत लक्की सिटौलाको छ । कविराज गहरतराजको कोरियोग्राफी रहेको गीत सुन्दा रोमान्टिक लाग्छ । चलचित्र ‘धुन’मा कृष्ण पौडेलको निर्देशन छ । चलचित्र मालती शाहको प्रस्तुतीमा तयार भएको हो ।
सांगितिक प्रेम कथा बोल्ने यो चलचित्रको सांगीतिक पक्ष उत्कृष्ट मानिएको छ । त्यसैले निर्माण युनिट गीत संगीतको कारण पनि दर्शक हलसम्म तान्ने दाउमा छ । चलचित्रमा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट तथा मधुसुदन ढकालको लगानी छ ।
गीत हेर्नुहोसः

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया