Bisal Chautari Logo

कसरी हुन्छ मलेसियामा नेपालीको मृत्यु ?

- २५ चैत्र २०७१, बुधबार १३:४४ मा प्रकाशित


How happens Nepal to death in Malaysia?

मृत्यु हुने नेपालीको तथ्याङक दूतावाससग छैन

सञ्जीव दाहाल
मलेसिया , २०७१ चैत २५, बुधबार । रोजगारीका सिलसिलमा रहेका दुई नेपालीको मलेसियामा सुतेकै अबस्थामा मृत्यु भयो । मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका झापा पृथ्वीनगरका प्रकाश लिम्बूको सुतैक अवस्थामा फेला परे । इपो पेराक राज्यमा काम गर्दै आएका लिम्बूको शव सुतेकै ठाउामा बिहान अबेरसम्म नउठेपछि हेर्न जाादा मृत्त अवस्थामा फेला परिएको थियो । उनी चार वर्षअघि रोजगारीका लागि आएका थिए ।

How happens Nepal to death in Malaysia
त्यसै गरी पेनाङ्ग राज्यमा कार्यरत वागलुङको धाम्जाका ज्ञानकुमार बोहराको पनि सुतेकै अवस्थामा मृत्यु भयो । टेम क्यास्टिङ कम्पनीमा कार्यरत बोहराको मृत्युको खबरले मलेसियामा रहेका नेपाली कामदारलाई चिन्तित तुल्यायो । उनीहरू दुबैको मृत्यु हृदयघातका कारण भएको चिकित्सकहरूको भनाइ छ ।
उनीहरू मात्रै यसरी सुतेकै अवस्थामा मृत्युवरण गर्ने एक्ला नेपाली कामदार होइनन् । राति सुत्दासम्म हाासीखुसी देखिए पनि बिहान संसार छाड्ने सातामा तीन जनासम्म पुग्छन् मलेसियामा ।
मलेसियामा नेपाली कामदारको संख्या करीव १० लाख छ ।
सुतेकै अवस्थामा मृत्यु हुने नेपालीस् मजदुरको रेकर्ड नेपाली राजदूतावासाग तथ्याङक छैन ।
पछिल्लो एक दशकमा करिब साढे दुई हजार नेपालीले ज्यान गुमाइसकेको राजदूतावासको अनुमान छ ।
खानपान, हावापानी, कामको प्रकृति, थकान आदिका कारण हृदयघातले नेपाली मजदुरहरूको मृत्यु हुने गरेको पोष्टमार्टम रिपोर्टले देखाउने गरेको छ । नेपाली मजदुरहरूले सुत्नुभन्दा अगाडि अत्याधिक मदिरा सेवन गर्दा पनि उनीहरूको मृत्यु हुने गरेको जनाइएको छ ।
मलेसियामा नेपालीहरू ८० जनासम्म कामदार एउटै कोठामा सुत्छन् । थुनिएको कोठामा न हावा आउजाउ हुन्छ, न एयरकन्डिसनकै व्यवस्था हुन्छ । त्यसमाथि तीव्र गर्मी ।
अझ चोर आउने समस्याले जति गुम्से पनि ढोका खोल्न मन नलाग्ने प्रबासी नेपाली मन्च अध्यक्ष राजेन्ऽप्रकाश भन्डारीको भनाइ छ । उनका अनुसार हृदयाघातलगायत कारण देखाउादासमेत मजदुरले बसमा रकम पाउदैनन् ।
साभार : सौयै दैनिक डटकम

प्रतिक्रिया