Bisal Chautari Logo

एमाले नेता रामनाथको स्वाइन फ्लूबाट निधन

- २२ चैत्र २०७१, आईतवार ०९:३८ मा प्रकाशित


Ramnath Dhakal Swine flu kills died
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत २२, आइतबार । एमाले नेता रामनाथ ढकालको स्वाइन फ्लूबाट निधन भएको छ । नेता ढकालको आज आइतबार ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेता ढकालको आज आइतबार दिउँसो १ बजेर ४० मिनेटमा निधन भएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

Ramnath Dhakal Swine flu kills died
अस्पतालका डा. प्रेम ज्ञवाली र अर्जुन कार्कीसहितको टीमले परिवारका सदस्यलाई ढकाललाई बचाउन नसकिएको जानकारी गराएको छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका ढकालमा स्वाइन फ्लूसँगै लिम्फोफ्लोलिफिरिटिज र क्षयरोग समेत भएकाले सक्दो प्रयास गर्दा पनि बचाउन नसकेको अस्पतालले जनाएको छ । स्वाइन फ्लू संक्रमण भएपछि ढकाललाई चैत १४ गते अस्पताल भर्ना गरिएको थियो ।
आईसीयूमा उपचारका क्रममा उनलाई दिल्ली लैजान १४ गते नै एयर एम्बुलेन्स समेत बोलाइएको थियो । तर, मौसमले साथ दिएन भने उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि १७ गते दिल्ली नलैजाने निर्णय भएको थियो ।

नजिकबाट ढकाल ?

गुल्मीको खड्गकोटमा जन्मिएका ढकाल २०५० सालमा अखिलको १२ औं अध्यक्ष भएका थिए । २०५१ को आमचुनावमा गुल्मी १ बाट निर्वाचित भएका ढकाल ०५४ मा एमालेको बैकल्पिक केन्द्रीत सदस्य भएका थिए । अघिल्लो संविधानसभामा रुपन्देही ५ बाट निर्वाचित उनी राज्य व्यवस्था समितिको सभापति थिए । हालै एमालेमा भएको कार्यविभाजनमा उनले लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी पाएका थिए । तर, जिम्मेवारी सम्हाल्न नपाउँदै उनको निधन भएको छ । बुढानिलकण्ठमा बस्दै आएका ढकालका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया