Bisal Chautari Logo

‘एकादेशमा’ सर्ट फिल्म फेस्टिभल हुने

- ३० भाद्र २०७०, आईतवार १४:४३ मा प्रकाशित


३० भाद्र, काठमाडौ । अण्डरग्राउन्ड टाकिज नेपालले ‘एकादेशमा’ नामक सर्ट फिल्म फेस्टिभल गर्ने जनाएको छ । आईतवार अनामनगर स्थित मण्डला थियटरमा आयोजित पत्रकार सम्मेलन गरि फेस्टिभलको बारेमा जानकारी दिइएको थियो ।

असोज ११, १२ र १३ गते राजधानीको क्युएफएक्स, कुमारी र अन्तिम दिन मण्डला थिएटरमा फेस्टिभलमा समावेश गरिएका २९ छोटा चलचित्रहरुलाई देखाइने भएको छ । थ्रेड्स अफ स्टोरिज (कथाको धागोहरु) मूल नारा दिइएको फेस्टिभललाई तीन खण्डमा बाँडेर देखाइने भएको छ । जसमा फुलको माला, हिराको माला र सुनको माला रहेका छन् । फुलको माला अन्तर्गत कथावाचनको पुरानो शैलीलाई तोड्दै दर्शकहरुले चाहे अनुसारका विभिन्न रंगका कथाहरु फरक ढंगले प्रस्तुत गरिने विभिन्न देश विदेशका उत्कृष्ट १२ छोटा चलचित्रहरु देखाइनेछ । त्यस्तै हिराको माला अन्तर्गत म्यानहटन लघु चलचित्र महोत्सव अन्तर्गत विश्वका २५० भन्दा बढी सहरहरुमा एकै सातामा प्रदर्शन हुने विभिन्न देशका उत्कृष्ट १० लघुचलचित्रहरु र सुनको माला खण्ड अन्तर्गत नवोदित चलचित्रकर्मीहरुलाई प्रोत्साहनस्वरुप चलचित्र अध्ययन गर्ने विद्यार्थीहरुले निर्माण गरेका ८ वटा छोटा चलचित्रहरु प्रदर्शन गरिने भएका छन् । 

प्रतिक्रिया