Bisal Chautari Logo

अभिनेत्री पूजाले पनि अब चलचित्र बनाउँने

- २० चैत्र २०७१, शुक्रबार ०५:५५ मा प्रकाशित


Pooja Sharma Too now making movies
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काडमाडौ, २०७१ चैत २०, शुक्रबार । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएर अगाडी बढिरहेकी अभिनेत्री पूजा शर्माले पनि अब चलचित्र निर्माण गर्ने भएकी छिन् । चलचित्र ‘ चंखे शंखे पंख’का निर्माता सन्तोष सेन, निर्देशक तथा अभिनेता सुदर्शन थापा कार्यकारी निर्माताको रुपमा रहेर सिनेमा बन्ने घोषणा गरेका हुन् ।

Pooja Sharma Too now making movies
‘मीरा’ टाइँटल रहने चलचित्रमा अभिनेत्री पूजा आफै हिरोइन चाँहि हुने छैनन् । उक्त समारोहमा पूजा बोल्दै एडिटर तथा डाईरेक्टर सुरेन्द्र पौडेल आफ्नो चलचित्रको निर्देशक हुने भन्दै परिचय गराएकी थिईन् । अभिनेत्री पुजाले थप्दै भनिन्, अभिनयमा ध्यान नहुने बताउदै आफ्नो प्रोजेक्टमा आफै हिरोइन नहुने खुलाइन् ।

Pooja Sharma Too now making movies (2)
मंसिरमा सुटिङ सुरु हुने चलचित्रको कलाकार तय भैसकेका छैनन् । निर्देशक पौडेलले यसलाई एक्सन र लभस्टोरी जानराको चलचित्र भएको बताए । मीराको भूमिकामा नयाँ अनुहारलाई लिने उनले जनाए । काठमाडौं, नेपालगंज, पोखरा, दाङ र थाइल्यान्डमा चलचित्र सुटिङ हुने उनको भनाई छ ।

Pooja Sharma Too now making movies (3)

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया