rajesh payal rai and amrita limbu song Sidikpa Ak utkhanan
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काडमाडौ, २०७१ चैत १८, बुधबार । नेपाली साङ्गीतिक क्षेत्रमा नव सृष्ठाहरुलाई सपोर्ट गर्ने सृष्ठाहरुको नाममा चर्चित गायक राजेश पायल राई अर्थात नेपाली साङ्गीतिक क्षेत्रका बादशाह राई इज किङको नाम अगाडी आउछ । यस्तै क्रममा गायक राजेश पायल राईले नव गायिका अमृता लिम्बुलाई चलचित्र ‘सिदिक्पा एक उत्खनन’को ‘चोखो माया लाउँछु भन्नेले माया गर्दैनन्’ बोलको गीतबाट नेपाली पाश्र्व गायनमा भित्राएका छन् ।
डोयट गीतमा गायक राजेश पायल राईले नव गायिका अमृतालाई स्थान दिनुको कारण बताउदै अमृता नेपाली साङ्गीतिक क्षेत्रमा केही गर्न सक्ने खुबी देखेर नै यो सिनेमामा गाउने स्थान दिएको हो ।’ अशोक चेम्जोङको शब्द संगीत रहेको यस गीतको रेकर्डिङ एवान म्युजिसियन स्टुडियोमा गरिएको छ । यस गीतको एरेञ्ज धिरज श्रेष्ठले गरेका हुन् भने रेकर्डिस्ट साजन शाह रहेका छन् ।
अब छिट्टै सुटिङ सुरु हुने चलचित्रलाई अशोक चेम्जोङले निर्देशन गर्दैछन् । कुमार लिङ्देनको कथा रहेको चलचित्रमा कलाकारहरु राजेश हमाल, राज सुब्बा, पदम लिम्बु, प्रेम सुब्बा, दिपा लिम्बु रहेका छन् । स्कृष्ट प्ले प्रकाश सुब्बाको रहेको छ । चलचित्रलाई प्रकाश सुब्बाले खिच्नेछन्, भने दन्द्ध तिर्थ भ्याक्सोको रहेको छ । चलचित्रमा डान्स गोविन्द राई र दिनेश माङ्मुको रहेको छ ।
प्रतिक्रिया