Bisal Chautari Logo

‘ब्रासलेट’बाट कमब्याक गर्दा रमेशको रजनी र नम्रतासंग र्‍याम्प || सिनेमा निर्मलले निर्देशन गर्ने

- १७ चैत्र २०७१, मंगलवार १३:२९ मा प्रकाशित


Ramesh Upreti rajani kc and namrata sapkota movie BRCELET
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काडमाडौ, २०७१ चैत १७, मंगलबार । कुनै समय नेपाली चलचित्र क्षेत्रमा ब्यास्त अभिनेता रमेश उप्रेती लामो समयपछि पुन: यही चलचित्र क्षेत्रमै कमब्याक गरेका छन् । अभिनेता रमेश उप्रेती निर्माता केशव भट्टराइले नयाँ चलचित्र ‘ब्रासलेट’ बाट पुन कमब्याक भएका हुन् । चलचित्र ‘ब्रासलेट’को आज काठमाण्डौको एभरेष्ट होटलमा आयोजना गरिएको एक भब्य कार्यक्रममा सिनेमाको घोषणा गरियो । यस चलचित्रलाई निर्मल शर्माले निर्देशन गर्दैछन् ।

Ramesh Upreti rajani kc and namrata sapkota movie BRCELET
कार्यक्रमको सुरुवात निकै भिन्न किसिमले गरिएको थियो । कार्यक्रमको सुरुवातमै सिनेमामा आवद्ध सबै कलाकारहरुले र्‍याम्प नापेका थिए । र्‍याम्पमा रमेश उप्रेतीका साथमा दुई अभिनेत्री रजनी केसी र नम्रता सापकोटा, रितिक शाही, सुगम शर्मा, सुनिता ठाकुर, कमल मैनाली, राजु बजाज लगायत कलाकारहरुले र्‍याम्प नापेका थिए ।

Ramesh Upreti rajani kc and namrata sapkota movie BRCELET (1)
कार्यक्रममा बोल्दै यस सिनेमाका निर्देशक निर्मल शर्माले यो चलचित्र थ्रिलर कथामा निर्माण हुन लागेको जानकारी दिए । निर्देशक शर्माले भने ‘चकलेट, ब्रासलेट र डन्डिबियो’ नामका चलचित्र निर्देशन गर्ने र चलचित्र नचलेको खण्डमा कहिले यो काममा आउदिन ।’
यस चलचित्रमा जया ओझाको लेखन, ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, शान्तिप्रियको गीत, कविराज गहतराज र गोविन्द राईको कोरियोग्राफी, हिमाल केसीको दन्द्ध र सुदिप बरालको छायांकन हुनेछ । चलचित्र चैत्र २७ गतेदेखि सुटिङका लागि फ्लोरमा जाने बताइएको छ ।

Ramesh Upreti rajani kc and namrata sapkota movie BRCELET (2)
चलचित्रलाई शुभकामना दिन चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्माता प्रदिप उदय कलाकारहरु करिश्मा मानन्धर, दिपकराज गिरी, दीपाश्री निरौला लगायत एभरेष्ट होटल पुगेका थिए ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया