Bisal Chautari Logo

संगितका गुरु, गुरुदेवले ‘नयाँ संघियता जनधारण पार्टि’ खोले, –गृह जिल्ला सिराहा बाट उम्मेरदवार

- ३१ भाद्र २०७०, सोमबार ११:५५ मा प्रकाशित


  EXCLUSIVe breking news                 

ब्रेकर :– ‘अहिले सम्म मैले चुनावहरुमा भोट गरेको छैन । तर यो घडिमा आएर देशको मायाको खातिर देशलाई बचाउन, कलाकारीताको क्षेत्रबाट राजनितिमा आएको हु ।’ 

विशाल राई
३१ भाद्र, काठमाडौ । नेपालि साङगितिक क्षेत्रका धेरै गायक, गायिकाहरुको गुरु तथा गायक, संगितकार गुरुदेव कामतले एक्कासि नयाँ पार्टि ‘नयाँ संघियता जनधारण पार्टि’ खोलेका छन् । पार्टिका अध्यक्ष रहेका गायक गुरुदेव कामत आफ्नो गृह जिल्ला सिराहाबाट प्रत्यक्ष उम्मेवरदवारको रुपमा चुनावमा उठ्दैछन् । पार्टिको चुनाव चिन्ह ‘तवला’ रहेको छ ।

विशाल चौतारी डटकमसंग पार्टिको विशेष पहिलो कुराकानिमा पार्टिका अध्यक्ष कामतले ‘नयाँ संघियता जनधारण पार्टि’ विशेष गरेर कलाकारहरुलाई समेटिएको पार्टि भएको बताए । पार्टिको धारणा बारेमा प्रश्ट्याउदै पार्टिका अध्यक्ष गुरुदेवले जनताको चाहना अनुसारको संविधान बनाउने, कलाकारलाई कलामा मात्र सिमित नराखि संसद सम्म पुर्‍याउने लगायकका धारण रहेको प्रश्ट्याए । भने–‘६०१ जनाले देशलाई उदोगति तिर लगे, संविधान नबनाई भ्रष्टचार गरे, जनतालाई प्रयोग मात्र गरेको छ । यो सुन्दर नेपाललाई भद्रगोल बनाउने ६०१ लाई चुचौति दिनपनि मैले पार्टि खोलेको हु, अध्यक्ष गुरुदेवले बताए ।’ र यो सकारात्मक काममा जनता तथा कलाकारहरुको साथ पाउनेमा विश्वस्त रहेको पार्टिका अध्यक्ष कामतले बताए । 

नेपालि साङ्गितिक क्षेत्रमा सकृय रुपले लागिरहेका गुरु गुरुदेव कामत किन राजनितिमा एक्कासि आउनु भएको भन्ने प्रश्नमा देशको राजनिति उथल पुथल भईरहेकाले राजनितिमा लाग्नु परेको कारण बताए । गुरुदेवले भने–‘जनतालाई ठुला भनाउदा पार्टिहरुले भ्रमलुट गरे, यस्तै किसिमले भ्रमलुट गर्न दिदै जाने हो भने देश नै लुटिने डरले राजनितिमा लागेको विशाल चौतारी डटकमलाई गुरुदेवले बताए । 

अहिले पछिल्लो समयमा कलाकारहरुलाई ठुला पार्टिहरुले ठगिरहेको पनि आरोप लगाए । ठुला पार्टिहरु सिमित स्वार्थ देखाएर पार्टिमा भित्राउने, तर पार्टि सरकारमा हुदा कलाकारीतामा केहि सहयोग नगर्ने बताए । भने–‘कलाकारलाई अहिले सम्म राज्यको गहना मात्र सम्झन्छन्, त्यो पनि भन्नमा मात्र सिमित रहेको छ । राज्यबाट कलाकारहरु उपेक्षित रहेको छ ।’ पार्टिका अध्यक्ष कामतका अनुसार यो पार्टिले कलाकारकोपनि संसद सम्म महत्व राख्ने बताए । 
गुरु तथा संगितकार गुरुदेव कामतले अहिले सम्म कुनैपनि पार्टिमा नलागेको बताउदै, अहिले नेपालको राजनिति धरासहि भएको कारणले पार्टिमा लागेको बताए । अध्यक्ष कामतले भने–अहिले सम्म आफुले भोटपनि गरेको छैन । तर यो घडिमा आएर देशको मायाको खातिर देशलाई बचाउन, कलाकारीताको क्षेत्रबाट राजनितिमा आएको हु’, गुरु तथा पार्टिका अध्यक्ष कामतले विशाल चौतारी डटकमलाई बताए । 

प्रतिक्रिया