Bisal Chautari Logo

‘रेशम फिलिली’को क्यारेक्टर पोष्टर सार्वजनिक || कुन कलाकार कस्तो रोलमा छन् ?

- १६ चैत्र २०७१, सोमबार १३:४९ मा प्रकाशित


RESHAM FILILI movie Character poster release
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत १६, सोमबार । पछिल्लो समय नेपाली साङ्गीतिक तथा चलचित्र क्षेत्र अनी देश विदेशमै भाइलर बनिरहेको ‘जालमा’ बोलको गीतको सिनेमा ‘रेशम फिलिली’को क्यारेक्टर पोस्टर रिलिज भएको छ । क्यारेक्टर पोस्टरमार्फत पात्रको नाम र थिम पनि खुलाइएको छ । अभिनेता विनय श्रेष्ठ रेशम पात्रको रोलमा छन् । कतार लैजान्छु भनेर म्यानपावरले पैसा खाइदिएको युवकको भूमिकामा उनी छन् ।

RESHAM FILILI movie Character poster release
कामेश्वर चौरासिया हरिया पात्रको रोलमा छन् । सिनेमामा हिरो बन्न मन भएको तर मौका नपाएको युवकको भूमिकामा उनी देखिएका छन् ।
सुनिता पात्रको रोलमा मेनुका प्रधान रहेकी छिन् । आँखा लाइसकी लात्ती खाइस भन्ने मनोविज्ञानको युवतीको रुपमा मेनुका देखिएकी छन् ।
कर्म ग्याङस्टर ब्रायनको रोलमा छन् । २१ वटा फिल्म खेलेको तर २० वटा सिनेमा फ्लप भएको यद्यपी आफूलाई सुपरस्टार ठान्ने रोलमा उनी देखिएका छन् ।
बैशाख ११ गते रिलिज हुने सिनेमालाई माधव वाग्लेले निर्माण गरेका हुन् । प्रणव जोशी निर्देशित सिनेमाको गीत संगीत अहिले अत्याधिक हिट छ । कालिप्रसाद बाँस्कोटाको संगीत रहेको सिनेमाले यसैसाता ट्रेलर सार्वजनिक गर्ने भएको छ । सार्वजनिक टिजरपनि दर्शकहरुले मनपराएका छन् ।

सबै पात्रको पोष्टर हेर्न नेक्स्ट क्लिक गर्नुहोला ।

[gss ids=”9213,9210,9208,9211,9209,9207″]

RESHAM FILILI movie Character poster release
Vinay Shrestha as Resham, Menuka Pradhan as Sunita, Kameshwor Chaurasiya as Hariya, Karma as Bryan, Shisheer Bangdel as Dorje Don and Ashutosh Shrestha as ChyarKhaa.

प्रतिक्रिया