Bisal Chautari Logo

डिआईजले भने–‘दिपक जिले कक्षा लिएर, जरिवाना तिरेपछि मात्रै लाईसेन्स दिन्छौ

- ३१ भाद्र २०७०, सोमबार १७:०३ मा प्रकाशित


ब्रेकर : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चेतनामुलक कक्षा र जरिवाना तिरेपछि मात्रै मादक पदार्थ सेवन चेक जाँचमा समातिएका सम्पूर्ण चालकको लाइसेन्स फिर्ता गरिने डिआइजी केशव अधिकारीले बताएका छन् ।
३१ भाद्र, काठमाडौ । मापासे चेकिङमा समातिएको लाइसेन्स पूर्व डिआइजी उपेन्द्रकान्त अर्यालसँग भएको सम्झौता अनुसार प्रहरीले फिर्ता नगरेको भन्दै अभिनेता दिपकराज गिरीले आफ्नो फेसबुक मार्फत प्रेस वक्तव्य सार्वजनिक गरेका थिए । दिपकले प्रेस विज्ञप्ती सार्वजनिक गरे लगत्तै डिआइजी अधिकारीले आफ्नो धारण व्यक्त गरेका छन् । फिल्मीखबरलाई बताए अनुसार डिआइजी अधिकारीले कानुन सबैलाई समान र जुन सुकै पदमा रहेकालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले छुट्टै सहुलियत नदिएको बताएका छन् ।अर्यालले भने– ‘जहाँ सम्म दिपकराज जीको कुरा छ, उहाँको कोसँग कस्तो सम्झौता भएको छ, मलाई मतलब छैन । म आफ्नो कार्यकालमा जिम्मेवारी पूरा गर्छु ।’ अभिनेता दिपकले रिलिज गरेको प्रेस विज्ञप्ती अनुसार मादक पदार्थ सम्बन्धी विज्ञापन सित्तैमा गरी मापासे चेकिङमा समातिएको लाइसेन्स फिर्ता दिने तत्कालिन डिआइजी उपेन्द्रकान्त अर्यालसँग सहमती भएको थियो । अभिनेता गिरीले प्रेस रिलिजमा उल्लेख गरेका छन्– ‘अर्यालको ठाउँमा आएका डिआइजी केशव अधिकारीले चर्चामा आउने नियतवश सञ्चारमाध्यममा अर्नगल प्रचार गरिएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ यसको जवाफमा डिआइजी अधिकारी भन्छन्– ‘यदि त्यस्तो सहमती भएको थियो भने ८ महिनाको डिआइजी अर्यालको कार्यकालमा उहाँले किन आफ्नो लाइसेन्स फिर्ता लानु भएन ? उहाँलाई मात्रै हैन मापासेमा समातिएका हरेकलाई एउटै नियम लागु हुन्छ ।’ डिआइजी अधिकारीका अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखामा आधा घण्टाको चेतनामुलक कक्षामा सहभागी भएसँगै जरिवाना स्वरुप रु.१ हजार तिरेपछि प्वाल पारिएको लाइसेन्स फिर्ता हुनेछ । काठमाण्डौमा ७ हजार सवारी चालकलाई चेतनामुलक कक्षा दिएको जानकरी दिदै डिआइजी अधिकारी भन्छन्– ‘महाशाखाको आधा घण्टे कक्षा र जरिवाना पछि उहाँको लाइसेन्स स–सम्मान फिर्ता गरिनेछ ।’ यता दिपकराज गिरीले आफ्नो प्रेस रिलिजमा भनेका छन्–‘प्रहरीले पुरानो प्रतिवद्धता पालना नगर्ने हो म सवारी लाइसेन्स लिनका लागी चाल्नु पर्ने प्रक्रिया पूरा गर्न तयार छु ।’

प्रतिक्रिया