Bisal Chautari Logo

खोटाङमा प्रहरीलाई झुक्याएर लट्ठी जुलुस

- १६ चैत्र २०७१, सोमबार ११:३६ मा प्रकाशित


KHOTANG in the police to by treachery the rod protest
विशाल चौतारी समाचार
खोटाङ, २०७१ चैत १६, सोमबार । तीस दलीय गठबन्धनमा आवद्ध खोटाङका राजनैतिक दलहरुले प्रहरीलाई झुक्याएर लट्ठी जुलुस निकालेका छन् । मोर्चामा आवद्ध एमाओबादी, संघीय समाजबादी, नेपाल कम्यूनिष्ट पार्टी, खम्बुवान राष्ट्रिय मोर्चाले आईतबार सदरमुकाम दिक्तेलको पुरानोबेसक्याम्पबाट त्रिबेणीचोक हुँदै भवनगैरासम्म लट्ठी जुलुस निकालेका हुन् ।

KHOTANG in the police to by treachery the rod protest
प्रहरीलाई भने रत्नपार्कबाट जुलुस सुरु गर्ने बताएर मोर्चा सम्बद्ध दलहरुले बेसक्याम्पबाट जुलुस निकालेका हुन् । प्रहरीसँग हुने सम्भाबित दंगाबाट जोगिन ढाँटेर जुलुस निकालिएको एमाओबादी नेतृ दुर्गाजयन्ती राईले बताए ।
‘तोकिएकै ठाउँबाट जुलुस निकालेको भए प्रहरी हस्तक्षेप र मुठभेट हुन सक्थ्यो,’ जुलुसपछि पुर्वसभाषद रहेको राईले भने, ‘त्यही भएर प्रहरीलाई ढाँटेर जुलुस निकालिएको हो ।’ गठबन्धनमा आवद्ध दलहरुले पत्रकारहरुलाई समेत जुलुस सुरु हुने समय र स्थानको बिषयमा जानकारी दिएका थिएनन् ।
साभार : हाम्रो खोटाङ डटकम

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया