Bisal Chautari Logo

‘लाटी’को ‘यो मायाको रीत यस्तै’ गीत रिलिज

- १५ चैत्र २०७१, आईतवार १५:५७ मा प्रकाशित


Yo Mayako Reet Yestai Shiva Pariyar New Nepali Movie Laati
विशाल चौतारी समाचार
काठमाडौ, २०७१ चैत १५, आइतबार । नेपाली मौलिक कथा उठान गरेको चलचित्र ‘लाटी’को अफिसियल गीत रिलिज गरिएको छ । निर्माता प्रशन्न रिमालको जन्मदिन पारेर चलचित्रमा समावेश ‘यो मायाको रीत यस्तै’ बोलको गीत सार्वजनिक गरिएको हो ।

Yo Mayako Reet Yestai Shiva Pariyar New Nepali Movie Laati
सार्वजनिक गीतमा स्वर गायक शिव परियारको छ भने शब्द दयाराम दाहालको तथा संगीत आयुष बिसीको छ । लाटी’ चलचित्रलाई चलचित्र महिलाप्रधान भनिएको छ । यो चलचित्रलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् । ‘लाटी’मा प्रशन्नसँगै शिशिरजय खरेल र त्रिलोचन सैजु को लगानी छ ।
सृजना फिल्मस् को व्यानरमा तयार यो चलचित्रमा सविना र सुजलसँगै रिभल मल्ल, जिके शर्मा, रामचन्द्र अधिकारी, सुवास गजुरेलको अभिनय छ । सुजल पछिल्लो समयको हिट चलचित्र ‘झोला’का बाल कलाकार हुन् । यो चलचित्रलाई पदमराज श्रेष्ठले खिचेका हुन् ।
यसैबीच आउँदो जेठ १ मा रिलिज हुने भनिएको यो चलचित्र अब भने जेठ १५ मा रिलिज हुने भएको छ । चलचित्र युनिटका अनुसार चलचित्रको पोष्टको काम सकिएर पब्लिसिटीमा जानको लागी प्रयाप्त समय नपुग्ने देखिएपछी चलचित्रको रिलिज मिति दुई हप्ता पर सारिएको हो ।

Yo Mayako Reet Yestai – Shiva Pariyar – New Nepali Movie – Laati
Sirjhana Films Pvt.Ltd. Presents
Nepali Film ” LAATI”
Song: Yo Mayako Reet Yestai Ho
Singer: Shiva Pariyar
Starring: Sabina Karki,Sujal Nepal ETC.
Music/Lyrics : Ayush BC
Direction: Raj Bahadur Sane
Producer: Prasanna Rimal, Shishir Kharel
Camera: Padam Raj Shrestha
Editor: Kranti K.C

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया