Bisal Chautari Logo

सौगात मल्ल : ‘क्यारेक्टर जन्माउने एक्टर’

- १३ चैत्र २०७१, शुक्रबार ११:०८ मा प्रकाशित


Saugat Malla Character actor birth
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत १३, शुक्रबार । निर्देशकले पात्र जन्माउछन्, हुलिया र पृष्ठभूमी तयार पार्छन् । कलाकारले त निर्देशकले देखाउन खोजेको पात्रको रूपमा आफूलाई क्यामेरासामु ढाल्ने जमर्को मात्र गर्ने हुन् । निर्देशकको कथामा फिट हुने चरित्र आफैं जन्माउने कल्पनासिल कलाकार अपवाद मानिन्छन् । तीनै अपवादमा पर्छन्, अभिनेता सौगात मल्ल । आफ्ना चरित्र कि आफैं जन्माउछन् । होइन् भने उनको प्रभावकारी इनपुट रहन्छ नै । लुटको हाकु कालेबाट सुरु भएको उनको यो शैली आज १३ चैतबाट प्रदर्शन हुने फिल्म षड्ङगसम्म आइपुगेको छ ।

Saugat Malla Character actor birth
सुरज सुनुवार निर्देशित यो फिल्ममा उनी मधेसी मुलको कालु यादवको भूमिकामा देखिदैछन्, जसको ओरिजिल आइडिया सौगातकै हो । निर्देशक सुरज धक नमानी भन्छन्, पात्रको नाम मात्र होइन, पृष्ठभूमि, लुक्स, नक्कली सुनको दाात, जुंगा घुमाउने सबै आइडिया सौगातकै हो । नया प्रयोग गर्न रूचाउने सौगातले यसपटक अवधी र भोजपुरी टोन मिसाएर बोलेका छन् । गुपचुप सुटिङ सकिएपनि फिल्मको ट्रेलर छोटै समयमा यूट्युबमा हिट हुनु पछाडिको पहिलो कारण सौगात र उनको संवाद मानिएको छ ।
अनुप बराल, प्रियंका कार्की, विजय लामाजस्ता चिनिएका अनुहारको अभिनय भएपनि ट्रेलरमा सौगात पुरापुर हाबी छन् । सुरजका अनसार सौगातले अहिले निर्वाह गरेको कालु यादव भूमिकाको नाम सुरुमा गााजले थियो । तर सौगातले स्क्रिप्ट सुनेपछि पात्रको रूपरेखा पूरा बदलियो । उनले गााजलेलाई मधेसी मुलको कालु यादव नै बनाउनुको पनि रोचक कारण छ । सौगातको बाल्यकाल नवलपरासीमा बितेको थियो । परासीबजारबाट तीन किलोमिटर भित्र पर्ने नदवा गाउामा हुर्किएका उनका अधिकांश साथी अवधी, भोजपुरी र हिन्दी भाषा बोल्थे ।
सौगात भन्छन्, ुषड्ङगको स्क्रिप्ट सुन्नासाथ मेरो मनमा रहेको क्यारेक्टर ठ्याक्कै फिट हुन्छ जस्तो लाग्यो । निर्देशकलाई भनें । उहाा पनि उत्साही हुनुभयो । र, जन्मियो कालु यादव ।ु लुटपछि सौगातका ९ फिल्म रिलिज भए । अधिकांश फिल्ममा उनी फरक भूमिकामा देखिए र प्रसंशा पनि पाए तर न कुनै फिल्म व्यावसायिक रूपमा सफल भयो, न हाकु काले नै रिप्लेस भयो । त्यसैले तत्कालका लागि अभिनेताको रुपमा उनको सबैभन्दा ठूलो चुनौती हाकु कालेको ट्रेडमार्क हटाउनु हो ।
गोकर्ण गौतमद्धरा लिखित कान्तिपुर हेलो शुक्रबारमा प्रकाशित

प्रतिक्रिया