Bisal Chautari Logo

खोटाङमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने युवा कारागार चलान

- ११ चैत्र २०७१, बुधबार १४:१८ मा प्रकाशित


KHOTANG in the 12-year-old girl who had tried to rape young prison
विशाल चौतारी समाचार
खोटाङ, २०७१, चैत ११, बुधबार । बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने खोटाङका एक युवा कारागार चलान भएका छन् । स्थानीय १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने दिक्तेल नगरपालिका–३ का २३ वर्षीय रमेश आचार्य अदालतको आदेशमा बुधबार पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

KHOTANG in the 12-year-old girl who had tried to rape young prison
आफ्नै घरमा सुतिरहेका बालिकालाई बाहिर बोलाएर ‘पैसा दिन्छु’ भन्दै जबरजस्ती करणी गर्न खोजेपछि आफन्तले दिएको उजुरीको आधारमा आचार्यलाई फागुन–१५ गते पक्राउ गरिएको थियो । रक्सीले मातेर बालिकाको घर गएका आचार्यले फागुन–१५ गते शुक्रबार बिहान बालिकाको कपडा खोलेर जबरजस्ती करणी गर्न खोजेको पीडित बालिकाको आफन्तले जनाएको छ ।
घटनापछि आफन्तले थाहा पाउना साथ फरार भएका आचार्यलाई सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । पक्राउ परेका आचार्यविरुद्ध जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिएको थियो ।
बालीकाको स्वास्थ्य परीक्षणपछि घर पठाइएको गौतमले जानकारी दिनुभयो । उनको अवस्था सामान्य रहेको आफन्तले जनाएको छ ।
साभार : हाम्रो खोटाङ डटकम

प्रतिक्रिया