Bisal Chautari Logo

कृपा दृश्यको एप सार्वजनिक

- ११ चैत्र २०७१, बुधबार ०८:४६ मा प्रकाशित


Kripa Unplugged Apps Release
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत ११, बुधबार । कृपा दृश्य डिजिटल प्रालीले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । हिजो काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै एप मोबाइलबाट देखाउँदै सार्वजनिक गरिएको छ । दोश्रो वाषिर्कोत्सवको अवसर पारेर ‘कृपा अनप्लग्ड’ एप सार्वजनिक गरिएको हो ।

Kripa Unplugged Apps Release
अहिले प्लेस्टोरमा उपलब्ध भैसकेको यो एप आइओएस प्लेटर्फममा यसै साताबाट उपलब्ध हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । युट्यूबमा कृपा दृश्य नामको अफिसियल पेज पनि संचालन भैरहेको छ । ‘कृपा अनप्लग्ड’का सांगीतिक रचनाहरु अब एन्ड्रोइड र आइफोनबाट पनि हेर्न र सुन्न मिल्ने बताइएको छ । यो एपमा आफूलाई मन पर्ने गायक तथा गायिकाको गीत सुन्न नाम वा गीतको बोल युट्यूबमा जसरी सर्च गरेर पनि खोज्न सकिनेछ । कृपा स्टूडियोमा रेकडिङ गर्नुपरको खण्डमा समय पनि एपबाट नै लिन सकिने यसका अध्यक्ष शिव लामिछानेले जानकारी दिएका छन् । नेपाली संगीतलाई विश्वस्तरमा पुर्‍याउन र आइटीसँग संगीतलाई सोझै जोड्नका लागि एप सार्वजनिक गरिएको लामिछानेले बताए ।

प्रतिक्रिया