Bisal Chautari Logo

खोटाङको हलेसीमा दर्शन गर्ने पर्यटक बढे

- १० चैत्र २०७१, मंगलवार ०८:३८ मा प्रकाशित


KHOTANG the halesi mahadev philosophy to tourists grew
दमन राई
खोटाङ, २०७१, चैत १०, मंगलबार । बाटोमा पार गर्नुपर्ने सुनकोसीमा पुल र दूधकोसीमा बेलिब्रिज बनेपछि खोटाङको धामिर्क तथा पर्यटकीय स्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक संख्या बढेको छ ।

KHOTANG the halesi mahadev philosophy to tourists grew
मध्यपहाडी लोकमार्गको दिक्तेल–घुर्मी खण्डअन्तर्गत उदयपुरको घुर्मी र ओखलढुंगाको हर्कपुर टोक्सेल जोड्ने सुनकोसीमा पक्की मोटरेबल पुल तथा खोटाङ र ओखलढुंगाको दूधकोसीस्थित जयराममा अस्थायी बेलिब्रिज निर्माण भएपछि हलेसी दर्शन गर्न र भ्रमण गर्न आउने पर्यटक बढेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
सहरबाट खोटाङ पुग्ने सिधा यातायात सेवा सुरु भएपछि हलेसी आउने आन्तरिक र बाह्य पर्यटक बढेको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताए। तथ्यांक राख्ने व्यवस्था नभएका कारण दर्शन गर्न, ध्यान गर्न, घुमफिर गर्न र भाकल पूरा गर्न हलेसी आएका दर्शनार्थी तथा पर्यटकको यकिन तथ्यांक भने छैन।

KHOTANG the halesi mahadev philosophy to tourists grew-1
‘अहिलेसम्म हलेसी आउने बाह्य तथा आन्तरिक पर्यटकको तथ्यांक राख्ने व्यवस्था छैन,” अध्यक्ष राईले भने, ‘तर मन्दिरमा चढाएको भेटीको आधारमा मासिक ७० हजार पर्यटक आउने गरेको अनुमान गर्न सकिन्छ।” उनका अनुशार हलेसीमा हप्ताको सोमबार र शनिबार घुमफिर गर्ने र दर्शन गर्नेको बढी भीड हुन्छ।
दूधकोसीको बेलिब्रिज गत मंसिर–२२ गतेदेखि र सुनकोसीको पुल पुस–७ देखि सञ्चालनमा आएपछि हलेसी जानेआउने सिधा यातायात सुरु भएको हो। पुल र बेलिब्रिजका कारण तराई तथा राजधानी काठमाडौंबाट एकै दिनमा हलेसी पुग्ने बाटो खुलेको छ। पुल र बेलिब्रिज एकैसाथ सञ्चालनमा आएपछि अचेल काठमाडौं, विराटनगर, जनकपुर, पोखरा, धरान, झापालगायत छिमेकी देश भारतको सिक्किम, दाजिलिर्ङबाट तीर्थयात्री र पर्यटक गाडी रिजर्भ गरेर सिधै हलेसी आउनेजाने क्रम बाक्लिएको छ।
अचेल दैनिकजसो हलेसी–घुर्मी–कटारी र हलेसी–घुर्मी–काठमाडौं सडक खण्डमा हलेसी आउनेजाने दर्शनार्थी र पर्यटक बोकेका जीप र बस बाक्लै ओहोरदोहोर गरिरहेका भेटिन्छन्। चीन, तिब्बत, भारत, भुटान, फ्रान्स लगायतका पर्यटक भने सिधै हेलीकोप्टरमार्फत हलेसी आउँछन्। आएका तिर्थयात्री र पर्यटकले हलेसीका स्थानीय होटल तथा पसल दैनिकजसो भरिभराउ हुने गरेको हलेसी विकास समितिका कार्यकारी निर्देशक तामन राईले बताए।
‘रिजर्भ गाडीमा आउने पर्यटकले हिजोआज हलेसीका कुनै पनि होटल खाली छैनन्,” कार्यकारी निर्देशक राईले भने, ‘बस्ने होटल नपाउने कतिपय पर्यटक आएकै दिन फर्कन्छन्।” सफा, सस्तो, व्यवस्थित र सुविधाजनक होटल अझ बढी सञ्चालन गर्न सके हलेसीमा पर्यटकलाई केही दिन अड्याउने वातावरण बन्ने उनले बताए।
पछिल्लो समय रुम्जाटार बहुउद्देश्यीय सहकारीको संयोजनमा सुरु गरिएको ओखलढुंगाको रुम्जाटार–हलेसी हवाई सेवाले समेत हलेसी आउने पर्यटक संख्या बढाएको छ। गोमा एयरले स्वदेशी तथा विदेशीलाई काठमाडौंबाट रुम्जाटार पुर्यामउने र फिस्टेल एयरले रुम्जाटारबाट हलेसीसम्म ल्याएर पुन: रुम्जाटार ल्याउने सम्झौतामा हवाई सेवा सुरु गरिएको हो। रुम्जाटार–हलेसी हवाई सेवाले कम समय र कम खर्चमा हलेसी घुम्ने गर्ने वातावरण बनेको स्थानीय बताउँछन्।
धामिर्क तथा सांस्कृतिक दृष्टिले प्रसिद्ध तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा महादेव गुफा, धर्मद्वार, पापद्वार, बसासा गुफा, भैरव गुफा, दुङदेलो गुफा लगायत स्थानको अवलोकन गर्न पर्यटक तथा दर्शनार्थी हलेसी आउने गरेका छन्।
भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसम्भवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङ रहेको जस्ता आधारमा त्रि–धामिर्कस्थल मानिएको हलेसीमा हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको बाक्लो भीड लाग्ने गरेको छ। हलेसीमा हरेक हिउँदमा विश्वभरका बौद्धमार्गीले ४र५ महिनासम्म बसेर ध्यान गर्छन् । (नागरिक दैनिकबाट साभार गरिएको)

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया