Bisal Chautari Logo

‘सबैको प्रेम प्रस्तावलाई कदर चाहि गर्छु’– डोल्मा शेर्पा (तस्बिर सहित)

- ९ चैत्र २०७१, सोमबार १६:१७ मा प्रकाशित


Dolma Sherpa of Nepal’s top host
– डोल्मा शेर्पा (उद्घोषिका)
विशाल राई (तस्बिर सहित) कुराकानिमा आधारीत
काठमाडौ, २०७१, चैत ९, सोमबार । नेपालमा पछिल्लो समय धेरै युवतीहरुलाई चलचित्र क्षेत्रमा जाने धेरै सोक हुन्छ । नत्र भए मोड्लिङ, र्‍याम्प विभिन्न क्षेत्रमा । तर धेरै युवतिहरु मध्ये एक छिन्, जो कलाकारीतामा भन्दा उद्घोषण पेषालाई व्यावसायको रुपमा अगाडी लगिरहेकी छिन् । केही समय पत्रकारीता समेत गरेकी ति युवतिको नाम हो, डोल्मा शेर्पा ।

Dolma Sherpa of Nepal's top host (1)
करिव डेढ वर्षदेखी निरन्तर रुपमा उद्घोषण पेषामा सकृय रहदै आएकी उद्घोषिका डोल्मा शेर्पाले २०० भन्दा बढी कार्यक्रमहरु सफल रुपले उद्घोषण गरिसकेको बताउछिन् । २ सय कार्यक्रमहरुको उद्घोषण नेपालको सुदुरपश्चिमदेखी पुर्व, मध्येपश्चिम तथा देशको २५ भन्दा बढी जिल्लाहरुमा पुगेको शेर्पाले बताइन् । विशाल चौतारी डटकमसंग कुराकानी गर्दै डोल्माले आफु बच्चैदखी बोल्न मनपराउने स्वभावको रहेको बताइन् । स्कुल कार्यक्रमहरुको उद्घोषणदेखी लिएर विभिन्न प्रतियोगीताहरुमा भाग लिएर बोल्ने बानि बच्चैदेखी रहेको शेर्पाले बताइन् । डोल्माले बताए अनुसार राजनितिज्ञ बन्ने चाहना रहेको थियो । तर विस्तारै अध्ययन गर्दै जादा ख्याल ख्यालैमा उद्घोषणमा लागेको डोल्मा बताउछिन् ।

Dolma Sherpa of Nepal's top host (2)
उद्घोषण क्षेत्रलाई पेषाको रुपमा अगाडी बढाउनको महत्वपुर्ण उद्देश्य नेपालमा महिला उद्घोषकहरुको कमीपनि रहेको डोल्मा शेर्पा बताउछिन् । भन्छिन्–‘नेपालमा ब्यावसायिक उद्घोषकहरुपनि औलामा गन्न सकिन्छ । मलाई तँ लाग्छ, अझै नेपालमा उद्घोषकको जरुरी रहेको छ । कार्यक्रमको चाप बढी छ, तर उद्घोषक कम रहेको छ’, डोल्माले बताइन् ।
उद्घोषण क्षेत्रमा कलाकारीतमा जस्तो सेक्स प्रस्ताव नआएपनि प्रेम प्रस्ताव राख्नेहरुले भने हैरान बनाएको उद्घोषिका डोल्मा शेर्पाले बताइन् । प्रेम प्रस्ताव राख्नेहरु फ्यानहरुदेखी गायक, कलाकार तथा कार्यक्रम आयोजकहरु रहेकोपनि डोल्मा शेर्पाले खुलासा गरिन् । प्रेम प्रस्ताव सकारात्मक या नकारात्मक भएपनि सबैको प्रेम प्रस्तावलाई कदर चाही गर्ने उद्घोषिका डोल्मा शेर्पाले बताइन् । थपिन्, ‘यो क्षेत्रमा यदी सेक्स प्रस्ताव आयो भने सिधै विरोधमा आउथे ।’
उद्घोषणमा ब्यास्त रहेकी डोल्मा शेर्पा गायक क्षेत्रमापनि आउने भएकी छिन् । अहिले गीतहरु रेकर्ड भइरहेको बताएकी छिन् । भन्छिन्, ‘–मेरो बोली बाट त दर्शकहरु लठ्ठिनु भएको छ, तर अब स्वरबाट पनि लठ्ठाउने चाहना रहेको छ ।’

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”9083,9085,9082,9084,9081,9080,9079″]

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया