Bisal Chautari Logo

भद्रगोल कलाकार तथा निर्माता ‘वेलासे’लाई मातृ शोक

- ८ चैत्र २०७१, आईतवार १६:५० मा प्रकाशित


Belase Bhadragol Subash Karki To maternal grief
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत ८, आइतबार । चर्चित हास्य टेलिश्रृखला भद्रगोलका निर्माता तथा कलाकार सुवास कार्की वेलासेलाई मातृशोक परेको छ । उनको माता गौथली कार्कीको उपचारका क्रममा आईतबार बिहान सााढे ५ बजे काठमाडौंको ओम अस्पतालमा निधन भएको हो । ज्वरो आएका कारण उपचारका लागि अस्पताल भर्ना गरिएकी उनको स्वास्थ्य उपचारकै क्रममा निधन भएको हो ।

Belase Bhadragol Subash Karki To maternal grief
स्व. गौथलीलाई केही समयदेखि दमको समस्या थियो। उनी ६९ वर्षकी थिइन् । उनको सुवाससहित ४ छोरा र एक छोरी छन्। सुवास कान्छो छोरा हुन् । गौथलीको आईतबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कारमा कलाकारहरु आर्यघाट पुगी स्व. गौथलीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए । सुवास दाजुहरुका साथ चण्डोलस्थित निवासमै आमाको क्रियाकर्ममा बसेका छन् ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया