Bisal Chautari Logo

बेहुली भेषमा सविनसंग केकीको भाग्ने प्रयास||संगीतकार चेतन ‘भाग् सानी भाग्’बाट निर्माता

- ६ चैत्र २०७१, शुक्रबार १६:२८ मा प्रकाशित


Keki Adhikari try to escape with Sabin Shrestha in Bhag Sani Bhag movie
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, चैत ६, शुक्रबार । चर्चित संगीतकार चेतन सापकोटा कार्यकारी निर्माता रहेर बन्न लागेको चलचित्र ‘भाग् सानी भाग्’को घोषणा कार्यक्रममा अभिनेत्री केकी अधिकारी भाग्दै आइपुगेकी थिइन् ।

Keki Adhikari try to escape with Sabin Shrestha in Bhag Sani Bhag movie
नवल नेपालको लेखन तथा निर्देशन रहने चलचित्रको शिर्ष भूमिकामा रहेकी अभिनेत्री केकीले हिजो आज काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा बोल्दै ‘यो चलचित्रमा म भागिरहनेछु ।’
शनिबारबाट छायांकनमा जान लागेको चलचित्र ‘भाग् सानी भाग्’ बलिउड चलचित्र ‘भाग् मिल्खा भाग्’सँग केही हदसम्म मिल्दोजुल्दो छ । तर अभिनेत्री केकी अधिकारीले बोल्ने क्रममा बलिउड चलचित्र ‘भाग मिल्खा भाग’बाट प्रभावित नभएको प्रश्ट्याइन् ।

directed by Nawal Nepal Bhag Sani Bhag movie
यस्तै, निर्देशक नवल नेपालले चलचित्र क्षेत्रमा जब संकट पर्छ तब आफूहरु नै अगाडि सर्नुपर्छ भन्दै यो चलचित्रलाई कमेडी बिषयमा बनाउन लागेको बताए । चलचित्रमा केकीका साथमा सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहनेछ ।
रंगिन सपना बोकेर आ–आफ्नो गाउँबाट शहर पसेका एक जोडी युवा युवतीको संघर्षको कथालाई चलचित्रले मनोरञ्जनात्मक तबरले प्रस्तुत गर्ने निर्माता समेत रहेका चेतन सापकोटाले बताए । उनले एउटा ‘सानी’लाई पनि आफ्नो जिन्दगी जिउने अधिकार हुने भएकाले दर्शकले चलचित्र हेरेपछि आफूहरुलाई स्याबासी दिने बताए ।

Keki Adhikari try to escape with Sabin Shrestha in Bhag Sani Bhag movie (4)
चलचित्रमा सहदेव गौतम र विलोल पोख्रेल निर्माताको रुपमा छन् । साथीभाई फिल्मस्का लागि बिष्ण्ुा चापागाँइको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन, दिव्यराज सुवेदीको छायांकन रहनेछ । निर्माणपक्षले कार्यक्रमलाई केही रोचक बनाउनका लागि केकीलाई उनकै भूमिकाको शैलीमा प्रस्तुत गरेको थियो ।

Keki Adhikari try to escape with Sabin Shrestha in Bhag Sani Bhag movie (5)

Keki Adhikari try to escape with Sabin Shrestha in Bhag Sani Bhag movie
Music composer Chetan Sapkota tuned producer from the upcoming new movie ‘Bhag Sani Bhag‘ which organized a press meet on Thursday at the capital.

YOUR COMMENT HERE

प्रतिक्रिया