Bisal Chautari Logo

छाँयाकार पुरुसोत्तमलाई पत्नीशोक || बच्चा जन्मिएको २४ दिन मात्र भएको थियो

- ६ चैत्र २०७१, शुक्रबार ०७:४५ मा प्रकाशित


purushottam pradhan wife death
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत ६, शुक्रबार । नेपाली चलचित्र क्षेत्रमा सफल छाँयाकारको रुपमा परिचित पुरुसोत्तम प्रधानलाई पत्नीशोक परेको छ । उनकी श्रीमती अनु श्रेष्ठको बिहीवार राति निधन भएको हो ।

purushottam pradhan wife death
२४ दिन अघि सुत्केरी भएकी अनुको एक्कासी निधन हुँदा परिवार शोकमा डुबेको छ । परिवारका सदस्यका अनुसार सुत्केरी भएको केही दिनमै उनी सामान्य अवस्थामा फर्केकी थिईन् । त्यस्तो अप्ठयारो केही भएको थिएन । बुधवार सामान्य बिरामी भएपछि अस्पताल भर्ना भएकी अनुको उपचारको क्रममा बिहीवार निधन भएको हो ।
गएको वर्ष बैशाख २६ गते अनु र पुरुसोत्तमको बिबाह भएको थियो भने गएको फागुन १२ गते अनुले छोरी जन्माएकी थिईन् । उनिहरुले लामो समय प्रेमपछि बिबाह गरेका थिए ।

पुरुसोत्तमलाई परेको यो शोकको घडीमा भगवानले धैर्यधारण गर्ने शक्ति दिउन् । अनुको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा विशाल चौतारी डटकम हादिर्क समवेदना ब्यक्त गर्दछ ।

प्रतिक्रिया