Bisal Chautari Logo

मधुलाई लिएर राजेश हमाल अमेरिकातर्फ

- २ चैत्र २०७१, सोमबार १४:०८ मा प्रकाशित


Rajesh Hamal and Madhu Bhattarai The US toward
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत २, सोमबार । नेपाली चलचित्र क्षेत्रका सुपरस्टार अभिनेता राजेश हमाल श्रीमती मधु भट्टराइलाई लिएर अमेरिकातर्फ लागेका छन् । यसअघि पनि मधुलाई लिएर अमेरिका अभिनेता हमालको योजना सफल भएको थिएन । तर यसपटकको यात्रामा भने राजेशले श्रीमतीलाई लिएर जान पाएका हुन् ।

Rajesh Hamal and Madhu Bhattarai The US toward
अभिनेता राजेश हमालले आज अमेरीका जान भन्दा अगाडी श्रीमती मधुसंगको २ तस्बिर अपलोड गर्दै फ्लाईटको प्रतिक्षामा रहेको आफ्ना फ्यानहरुलाई जानकारी दिएका छन् । उता अमेरिकातर्फ जान पाउँदा हमाल श्रीमती मधु खुशी देखिएका छन् । उनले फेसुबकमा स्टाटस लेख्दै मधुसँग अमेरिकामा आफूले परिवारका सदस्य र विभिन्न आफन्तहरुलाई भेट्ने लेखेका छन् । साथमा, अमेरिकामा नै आयोजना हुने एक कार्यक्रममा हमाल दम्पत्ती सहभागी हुनेछन् ।

YOUR COMMENT HERE

प्रतिक्रिया