Bisal Chautari Logo

तमिल फिल्मका सुपरस्टार विक्रम सिनेमा सुटिङका लागी काठमाडौमा

- १ चैत्र २०७१, आईतवार १४:५७ मा प्रकाशित


vikram in nepal
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत १, आइतबार । तामिल चलचित्रका सुपरस्टार अभिनेता विक्रम नेपाल आएका छन् । पछिल्लो चोटी रिलिज भएको उनीद्धरा अभिनित चलचित्र ‘आई’ नेपालमापनि राम्रो प्रतिक्रृया पाएको थियो ।

vikram in nepal
सुपरस्टार अभिनेता विक्रम आफ्नो अगामी चलचित्र सुटिङका लागि उनी नेपाल आएका हुन् । उनी करिब एक महिना नेपाल बस्ने फिल्म युनिटले जानकारी गराएको छ । नाम तय भइनसकेको उक्त तामिल चलचित्रको सुटिङ राजधानीबाहेक भक्तपुर, पोखरा र तराईका विभिन्न क्षेत्रमा छायाँकन गर्ने कार्यक्रम रहेको युनिटले बताएको छ । चलचित्रमा देखिने अर्का अभिनेता ज्याकी सौंफको तालिका फाइनल गरी नसकिएको युनिटले बतायो ।
सन् १९९० मा तामिल चलचित्र ‘इन कढाल कन्मानी’बाट यात्रा सुरु गरेका ४८ वर्षीया विक्रमले ६ पटक उत्कृष्ट अभिनेताका लागि फिल्म फेयर अवार्ड जितिसकेका छन् । उनीद्धारा अभिनिति चलचित्र सेथु, ढिल, जेमिनी, ढोल, सामी र पछिल्लो चोटि रिलिज भएको चलचित्र ‘आई’ लगायतले सफलता हात परेको थियो । मालायालम र तेलुगु चलचित्रमा समेत काम गरिसकेका उनले उत्कृष्ट अभिनेताकै लागि नेशनल फिल्म अवार्ड र तामिल नाडु स्टेट फिल्म अवार्डसमेत पाइसकेका छन् ।

WATCH :- Official : ‘I’ Theatrical Trailer in Hindi | Aascar Films | Shankar, Chiyaan Vikram, Amy Jackson

प्रतिक्रिया