Bisal Chautari Logo

देवलले अर्जुनको संगीतमा बलिउडका हस्तिहरुको स्वरमा ल्याए ‘स्वर्णीम सपना’

- ३० फाल्गुन २०७१, शनिबार १७:४५ मा प्रकाशित


Deval Bhandari albam with arjun pokharel
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन ३०, शनिबार । गीतकार देवल भण्डारीको एकल शब्द रचना र अर्जुन पोखरेलको एकल संगीतमा ‘स्वर्णीम सपना’ हिजो राजधानी लोकर्पण गरिएको छ । एल्बमको विमोचन कार्यक्रममा प्रमुख अतिथि गजलकार तथा गीतकार डा. कृष्णहरि बराल, अतिथि संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष लगायतले गीतिसंग्रह स्वर्णीम सपनाको लोकर्पण गरेका थिए ।

Deval Bhandari albam with arjun pokharel (1)
गीतकार भण्डारीका बुबा डोलराज भण्डारी र आमा जानुका भण्डारीको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा आफ्ना गीति लेखनका बारेमा बोल्दै गीतकार भण्डारीले आफ्ना धमिरा लाग्न लागेका गीतका पानाहरुलाई मूर्त रुप दिनका लागि स्वर्णीम सपना ल्याएको बताएका थिए । आफ्नो विदेश बसाइको क्रममा विभिन्न कठिनाइका बीचमा आफ्नो लेखिएका शब्दहरुलाई भारतीय गायक गायिकाको स्वरमा रेकर्ड गराउन सफल भएको बताएका थिए । अब दोस्रो एल्बममा नेपाली गायक गायिकाको स्वर नै समावेश गर्ने बताउादै गीतकार भण्डारीले संगीतकार अर्जुन पोखरेलसागको सहकार्यले आफूलाई संगीत क्षेत्रमा स्थापित गर्ने बताएका थिए ।

Deval Bhandari albam with arjun pokharel (2)
त्यस्तै संगीतकार अर्जुन पोखरेलले गीतका भण्डारीको चाहना अनुसार आफूले संगीत भर्न सफल भएको बताउादै भारतीय गायक गायिकाले गीत गाउनुमा दुई देशबीचका कलाकारहरुको सहकार्य मात्र भएको बताएका थिए । मुम्बईमा गरिएको रेकर्डमा भएको गुणस्तर भएको बताउादै केही फरक स्वाद दिनका लागि पनि भारतमा कहिलेकाहीा रेकर्ड गर्न गएको मात्र भएको पोखरेले बताएका थिए ।
एल्बम स्वर्णीम सपनाको विमोचनपछि शुभकामना मन्तव्य दिादै संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले अब वास्तविक रुपमा नै संगीत उद्योगको स्वर्णीम सपना पूरा हुन लागेको बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा. कृष्णहरि बरालले गीतको समीक्षा गर्दै एउटा सफल गीतकारको रुपमा देवल भण्डारीलाई पाएको बताएका थिए । डा. बरालले गीतका हरेक शब्द शब्द केलाउादै फरक रुपमा देवलले गीतलाई प्रस्तुत गरेको बताउादै शुभकामना दिएका थिए । बरालले आगामी दिनमा पनि यस्तै शब्दहरुको लेखनको निरन्तरता हुनुपर्ने बताएका थिए ।
कार्यक्रमको अन्त्यमा सभापतित्वको आसनबाट गीतकार भण्डारीका बुबा डोलराज भण्डारीले छोराको प्रगतिको खुशीमा हराएका बताएका थिए । छोराले गरेको प्रगतिले आफूलाई पनि खुशी मिलेको हुादा आगामी दिनमा यस्ता प्रगतिका पाइलाहरु अगाडि बढुन् भन्ने शुभआर्शिवाद दिएका थिए । कार्यक्रमको संचालन संचारकर्मी प्रदीप निरौलाले गरेका थिए ।
म्युजिक खबर डटकमले आयोजना गरेको एल्बममा देवल भण्डारीको एकल शब्द रहेको छ भने संगीतकार अर्जुन पोखरेलको एकल संगीत रहेको छ । एल्बममा सर्माएर लजाएर, दुनियााको नजरमा, खुला कतै देख्दिना, शब्द शब्द लेखुा म, भाकल गरेर, कुन बेला आइ बस्यौ बोलको गीतहरु समावेश गरिएका छन् । उक्त गीतहरुमा उदितनारायण झा, दीपानारायण झा, अभिजित, महालक्ष्मी, आभास, साधना सरगम जस्ता चर्चित गायक गायिकाले स्वर दिएका छन् ।

प्रतिक्रिया